कोलकाता, 11 जून (हि.स.)। पश्चिम बंगाल विधानसभाको मनसुन सत्र बुधवार दुई प्रमुख मुद्दाहरूको कारणले बाधित रह्यो। विपक्षका नेता शुभेन्दु अधिकारीविरूद्ध विशेषाधिकार हनन (प्रिभिलेज मोशन) अन्तर्गत जाँच गर्ने आदेश दिइयो तथा तृणमूल नेता अणुव्रत मण्डलको कथित अपमानजनक टिप्पणीमाथि भाजपाद्वारा ल्याइएको स्थगन प्रस्तावलाई अस्वीकार गरिएको विरोधमा भाजपा विधायकहरूले वकआउट गरे।
विधानसभा अध्यक्ष बिमान बन्द्योपाध्यायले शुभेन्दु अधिकारीविरूद्ध विशेषाधिकार हननको नोटिसलाई स्वीकार गर्दै मामिलाको जाँचको लागि प्रिभिलेज कमिटीलाई निर्देश दिएका छन्। विधानसभा सूत्र अनुसार वर्तमान सत्रमै यसमाथि रिपोर्ट प्रस्तुत गरिनेछ।
अर्कोतिर भाजपाले बीरभूमका तृणमूल नेता अणुव्रत मण्डलद्वारा अभद्र भाषाको प्रयोगलाई लिएर स्थगन प्रस्ताव पेश गरेको थियो जसलाई स्पीकारले अस्वीकार गरिदिए। यस निर्णयबाट असन्तुष्ट विधायकहरूले शंकर घोषको नेतृत्वमा लगभग 12:10 बजे सदनबाट वकआउट गरे।
विधानसभा बाहिर प्रतिक्रिया व्यक्त गर्दै भाजपा विधायक शंकर घोषले भने, “स्पीकरले एकै दिनमा दुई भिन्न-भिन्न कुरा गरिरहेका छन्। तृणमूल विधायकले प्रधानमन्त्रीविरूद्ध सदन बाहिर टिप्णी गर्दा स्पीकारले भन्ने गर्दछन्, सदन बाहिर चर्चा हुँदैन। तर विपक्षका नेताले सदन बाहिर बयान दिँदा उनीविरूद्ध विशेषाधिकार हननो नोटिसलाई अस्वीकार गरियो।”
शुभेन्दु अधिकारीमाथि मुख्यमन्त्री ममता ब्यनर्जीको सम्बन्धमा गलत बयन दिएको आरोप छ। यो विवाद त्यसबेला शुरू भयो जतिबेला गए मंगलवार विधानसभामा पहलगाम आक्रमणपछि भारतीय सेनाको कारबाहीलाई लिएर प्रस्ताव ल्याइएको छ साथै मुख्यमन्त्रीले सेनालाई धन्यवाद दिइन्। भाजपाको आरोप छ, शुभेन्दुले त्यसबेला मुख्यमन्त्रीको बयानलाई सच्चाएर प्रस्तुत गरे अनि भने, मता ब्यनर्जीले पाकिस्तानको प्रशंसा गरेकी छन्।
शुभेन्दुले विधानसभा बाहिर भनेका थिए, “मुख्यमन्त्रीले पाकिस्तानको प्रशंसा गरेकी छन्। उनले पाकिस्तानको पक्षबाट ब्याटिंग गरेको जस्तै बोलिरहेकी थिइन्। शाहबाज शरिफले पनि यति धेरै प्रशंसा गर्दैन।” त्यसपछि मन्त्रीहरू क्रमैले चन्द्रिमा भट्टचार्य, शोभनदेव चट्टोपाध्याय, इन्द्रनील सेन औ अरूप विश्वासले उनीविरूद्ध विशेषाधिकार हननको प्रस्ताव ल्याए जसलाई बुधवार जाँचको लागि प्रिभिलेज कमिटीलाई सुम्पिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा