कोलकाताका सड़कहरूबाट अहिले हटाइनेछैन 15 वर्ष पुराना वाहनहरू, फिटनेस सर्टिफिकेट अनिवार्य
कोलकाताका सड़कहरूबाट अहिले हटाइनेछैन 15 वर्ष पुराना वाहनहरू, फिटनेस सर्टिफिकेट अनिवार्य


कोलकाता, 11 जून (हि.स.)। कोलकाताका सड़कहरू गुड़िरहेका 15 वर्ष पुराना व्यवसायिक वानहरूलाई हाल हटाइनेछैन। कलकत्ता उच्च अदालतले यस सम्बन्धमा राज्य सरकारको त्यस नीतिलाई स्वीकृति दिएको छ जसमा पुराना वाहनहरूलाई कतिपय शर्तमा चलाउने अनुमति दिइएको थियो।

सरकारले पहिलाबाटै बस मालिक संगठनहरूको मागलाई ध्यानमा राख्दै नीतिगत रूपमा फसेला लिएको थियो कि यदि पुराना बसहरू सड़कमा चल्ने योग्य साबित हुन्छ भने त्यसलाई चलाउने अनुमति दिन सकिन्छ। अब हाई कोर्टले यस प्रस्तावलाई स्वीकार गरेको छ, तर केही कड़ा शर्तहरू सहित।

नयाँ नियम अनुसार 15 वर्षभन्दा पुरानो कुनै पनि व्यवसायिक वाहनलाई सड़कमा चलाउनको लागि वर्षमा दुई पटक फिटनेस सर्टिफिकेट लिनु अनिवार्य हुनेछ। यो फिटनेस परीक्षण सफलतापूर्वक पास गरे मात्र वाहनलाई चलाउने अनुमति दिइनेछ।

यसको साथै प्रदूषण जाँचको लागि वाहन मानिसहरूले अतिरिक्त 100 रुपियाँ जमा गराउनुपर्छ अनि प्रत्येक फिटनेस सर्टिफिकेटको वैधता छः महिनासम्म हुनेछ।

राज्य सरकारले यस विषयमा आगामी 17 जूनमा अदालतमा नयाँ गाइडलाइनको मसौदा पेश गर्नेछ। अदालतका सुझाउहरूको आधारमा यसलाई अन्तिम रूप दिइनेछ, त्यसपछि सार्वजनिक अधिसूचनाको रूपमा लागू गरिनेछ।

यस विषयमा गत सोमवार परिवहन विभाग तथा विभिन्न बस संगठनहरूमाझ बैठक सम्पन्न भएको थियो। बैठकमा लिइएको निर्णय अनुसार एकैसाथ सबै पुराना बसहरूलाई हटाउनु व्यवहारिक हुनेछैन, किनभने यसबाट शहरको सार्वजनिक परिवहन व्यवस्था पूर्ण रूपले असन्तुलित हुनेछ।

राज्य सरकारले यो पनि स्पष्ट गरेको छ, पर्यावरणको चिन्तालाई बेवास्ता नगरी फिटनेसको आधारमा यस्ता वाहनहरूलाई सीमित रूपमा चलाउने अनुमति दिनु एक सन्तुलित उपाय हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande