डिब्रुगढ़ (असम), 11 जून (हि.स.)। डिब्रुगढ़ जिल्लाको टेंगाखाट थाना अधिनस्थ पानधोआ गाउँमा एकजना युवक बुढ़ीदिहिंग नदीमा डुबेर बेपत्ता भएको घटनाले क्षेत्रमा कोकोहोलो मच्चिएको छ।
प्राप्त जानकारी अनुसार मंगलवार अपरान्ह लगभग 3 बजे पानधोआ गाउँका परीक्षित सोनोवालका पुत्र नयनज्योति सोनवाल (20), तुलसी बरसैकियाका पुत्र सुप्रियो बरसैकिया (19) औ बिपुल सोनोवालका पुत्र देवजीत सोनोवाल (19) मोटरसाइकल सवार भएर लगभग दुई किलोमीटर टाड़ा बुढ़ीदिहिंग नदीको किनारमा पुगेका थिए।
नयनज्योति र सुप्रियो नदी तरेर ‘मेश चापरी’-सम्म पुगे भने त्यहाँबाट फर्किँदा नयनज्योति सोनोवाल नदीमा डुबे। सँगै गएको साथी उसलाई बचाउन असफल भयो। उसले तत्काल परिवार र परिचितहरूलाई सूचना दियो।
सूचना पाउनसाथ परिवारले टेंगाघाट पुलिसलाई अवगत गरायो। तत्पश्चात डिब्रुगढ़स्थित एसडीआरएफ टीमलाई साँझ लगभग 5:45 बजे मेजर राणा देउरीको नेतृत्वमा घटनास्थलमा पठाइयो। टीमले राती 7बजेसम्म नदीमा खोजी अभियान संचालन गऱ्यो, तर अँध्यारो भएको कारमले अभियानलाई स्थगित गर्न पऱ्यो।
जानकारी अनुसार बुधवार बिहानदेखिकै डुबेर बेपत्ता भएको युवकलाई खोज्न शुरू गरिएको छ। यो समाचार लेखुञ्जेलसम्म युवकको बारेमा पत्तो लाग्न सकेको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा