गान्तोक, 11 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सागा दावाको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीमा शान्ति, सद्भाव, आत्मिक समृद्धि र मानवीय जागरणको शुभकामना व्यक्त गरेको छ।
सीएपी सिक्किमले आज विज्ञप्तिमा भनेको छ, सागा दावा जसको उज्यालो चन्द्रमाको पूणिर्मा जत्तिकै निर्मल छ, र जसको सन्देश बुद्धका जीवनका तीन पवित्र अध्यायसँग गाँसिएको छ हाम्रो सभ्यता, समर्पण र सह-अस्तित्वको उच्चतम प्रतीक हो। यो पर्वले हामीलाई साँचो धार्मिकता करुणामा छ, साँचो संस्कार संवेदनशीलतामा छ, र साँचो प्रगति आत्मिक उन्नतिमा छ भन्ने सम्झाउॅंछ।
सीएपी सिक्किमले सागा दावा पर्वलाई केवल एक परम्परागत कर्मकाण्ड होइन, चेतनाको यात्रा र मूल्यको प्रतिविम्बको रूपमा स्वीकार गरौं भनी आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल