कुवा खनन गर्दा माटो धसिएर व्यक्तिको मृत्यु
कुवा खनन गर्दा माटो धसिएर व्यक्तिको मृत्यु


- पिउने पानीको खोजीमा गयो ज्यान, अहिलेसम्म भेटिएको छैन शव

चिरांग असम, 11 जून (हि.स.)। पानीलाई जीवन भनिन्छ, तर चिरांग जिल्लामा यसै जीवनदायिनी पानीको खोजीमा एकजना व्यक्तिले ज्यान गुमाउनु पऱ्यो। भारत-भुटान सीमा नजिक खुग्रिंग फरेस्ट रेञ्ज अन्तर्गत 2 नम्बर सत्यपुर वन गाउँमा एक दुःखदायी घटना भयो।

परिवारको लागि पिउने पानीको व्यवस्था गर्ने उदेश्यले आफै कुवा खनिरहेका 49 वर्षीय चेरमेन मुसाहारी माटो धसिएर पुरिए जसमा उनको मृत्यु भयो। यो दुर्घटना गत सोमवार अपरान्ह लगभग 12 बजे भएको हो, तर दुर्भाग्यवश आजसम्म उसको शव भेटिएको छैन।

ग्रामीणहरूले प्रशासनलाई सूचना नदिई जेबीसी मशिनले शवलाई निकाल्ने चेष्टा गरेका थिए, तर सफल भएनन्। आज रूनिखाता थानाको पुलिसलाई घटनाको जानकारी दिइयो जसपश्चात पुलिस घटनास्थलमा पुगेको छ। अब एसडीआरएफको टीम घटनास्थल तर्फ प्रस्थान भएको छ ताकि माटोमा पुरिएको व्यक्तिको शवलाई बाहिर निकाल्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande