कोलकाता, 11 जून (हि. स.)। मेट्रो जस्तै अब लोकल ट्रेनहरूले पनि स्टेशनमा रोकिएपछि स्वचालित रूपमा आफ्नो ढोका खोल्नेछ अनि यात्रीहरू चढ़े-उत्रिएपछि ढोका आफै बन्द हुनेछ। यात्रीहरूको भीड़ले गर्दा गुड़िरहेको ट्रेनबाट झरेर हुने दुर्घटनाहरूलाई रोक्नको लागि भारतीय रेलवे बोर्डले नयाँ डिजाइन भएका लोकल ट्रेनहरूलाई चलाउने निर्णय लिएको छ।
यो फसेला यस्तो समयमा लिइएको छ जतिबेला गत सोमवार मुम्बईको उपनगरीय क्षेत्रमा व्यापक भीड़को कारणले गुड़िरहेको ट्रेनबाट झरेर चार जना यात्रीहरूको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए। यो दुर्घटना भएको मात्र 24 घण्टाभित्रमा रेलवे अधिकारीहरूले यात्री सुरक्षा सुनिश्चित गर्ने दिशामा द्रूत गतिमा कदम उठाएका छन्।
पूर्व रेलवेका एक जना अधिकारीले बताए, रेलवेको रोलिङ स्टक विभागका अधिकारीहरूले जानकारी दिए अनुसार नयाँ डिजाइन गरिएको नन-एसी लोकल ट्रेनहरू आगामी नोभेम्बर महीनासम्ममा तयार भइसक्नेछ भने जनवरी, 2026- देखि यी ट्रेनहरूमा यात्रीहरूको आवत-जावत शुरू हुनेछ। प्रारम्भिक चरणमा यो ट्रेन मुम्बईका उपनगरीय क्षेत्रहरूमा चल्नेछ, त्यसपछि देशका अन्य भागहरूमा पनि यसलाई लागू गर्ने योजना छ जहाँ लोकल ट्रेनहरूमा अत्यधिक भीड़ हुन्छ।
नयाँ डिजाइनका यी लोकल ट्रेनहरूमा स्वचालित स्लाइडिङ ढोका हुनेछ। आम रूपमा लोकल ट्रेनहरूमा ढोका खुल्लै रहन्छ जसबाट हावाको प्रवाह कायम रहन्छ। तर ढोका बन्द भएको स्थितिमा बोगीभित्र निसास्सिने परिवेश बन्नसक्ठ। यसलाई मध्यनजर गर्दै प्रत्येक कोचको छतमा एउटा भेन्टिलेशन यूनिट जड़ान गरिनेछ जसले ताजा हावालाई भित्र पम्प गर्नेछ। यस अतिरिक्त एउटा कोचदेखि अर्को कोचमा जानको लागि वेस्टिब्युल पनि खुल्लै रहनेछ।
रेलवे अधिकारीहरू अनुसार यो तकनिकी परिवर्तन दीर्घकालिक हुनेछैन, किनभने पहिलाबाटै लोकल ट्रेनहरूमा स्लाइडिङ ढोका रहेको छ जसलाई अब स्वचालित बनाइनेछ।
पूर्व रेलवेका वाणिज्यिक विभाग अनुसार सियालदह स्टेशनबाट प्रतिदिन लगभग 14 देखि 15 लाख यात्रीहरूले यात्रा गर्दछन्। सियालदह-नैहाटी, सियालदह-बनगाउँ, सियालदह-डायमण्ड हार्बर, सोनापुर-क्यानिंग तथा बारुईपुर-नामखाना जस्ता मार्गहरूमा लोकल ट्रेनहरूमा व्यापक भीड़ सामान्य कुरा हो।
भारतीय रेलवेका इञ्जीनियरहरूको भनाइ छ, लोकल ट्रेनहरूमा मेट्रो जस्तो स्वचालित ढोकाको व्यवस्था लागू गर्नु सहज हुनेछैन। मेट्रोमा अलिकति बाधा आयो भने ढोका बन्द हुँदैन। यदि यस्तै सिस्टम लोकलमा लागू भयो भने ट्रेन सुचारू रूपमा चल्नेछैन। त्यसैले डिजाइन गर्दा सबै सम्भावित समस्याहरूलाई ध्यानमा राखेर काम गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा