विधानसभामा जर्जर सड़कको मुद्दा उठ्यो, स्पीकरले सिकायतको लागि ड्रप बक्स राख्ने निर्देश दिए
विधानसभामा जर्जर सड़कको मुद्दा उठ्यो, स्पीकरले सिकायतको लागि ड्रप बक्स राख्ने निर्देश दिए


कोलकाता, 11 जून (हि. स.)। पश्चिम बंगाल विधानसभाको मनसून सत्रमा जर्जर अवस्थामा पुगिसकेका सड़कहरूको मुद्दा उठ्यो। राज्यका विभिन्न क्षेत्रहरूबाट आएका विधायकहरूले आ-आफ्नो क्षेत्रका सड़कहरूको सोचनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोक निर्माण विभागको कार्यप्रणालीमाथि प्रश्न उठाए।

बुधवार सदनको कार्यवाही अवधि एकजना विधायकले सड़क समस्यामाथि कुरा राख्ने चाहना व्यक्त गर्दा अन्य विधायकहरूले पनि हात उठाएर आ-आफ्नो सिकायत पेश गरे। यस विषयमा विधानसभा अध्यक्ष बिमान ब्यनर्जीले गम्भीरता देखाउँदै भने, यतिधेरैै मानिसहरू सड़कको जर्जर अवस्थामाथि बोल्न चाहन्छन् भने स्थिति साँच्चै नै ,सोचनीय छ विशेष गरी बर्खामा। त्यसपछि स्पीकरले लोक निर्माण मन्त्रीलाई विधानसभामा ड्रप बक्स राख्ने निर्देश दिए ताकि विधायकहरूले आ-आफ्नो क्षेत्रसित सम्बन्धित सड़क समस्याहरूको सिकायत त्यसमा दर्ता गराउन सकुन्।

लोक निर्माण मन्त्री पुलक रायले स्पीकरलाई भरोसा दिलाए, ड्रप बक्सको व्यवस्था गरिनेछ र त्यसमा आएका सिकायतहरूको आधारमा समस्याको चाँड़ै समाधान गरिनेछ।

स्मरण गराइन्छ, दक्षिण बंगालमा हाल मनसुनले पूर्णरूपमा कदम राखेको छैन, तर पछिल्लो केही दिनदेखिको भइरहेको अनियमित वर्षाले पहिला नै धेरैवटा सड़कहरूलाईभत्काइसकेको छ। कतिपय स्थानहरूमा सामान्य वर्षामै जलभराउको समस्या उत्पन्न भएको छ जसले गर्दा जनसाधारणलाई समस्या भइरहेको छ।

-----

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande