कोलकातालाई एक चम्किलो प्रतीक, सौर ऊर्जाबाट चम्किनेछ ऐतिहासिक हावड़ा ब्रिज
कोलकातालाई एक चम्किलो प्रतीक, सौर ऊर्जाबाट चम्किनेछ ऐतिहासिक हावड़ा ब्रिज


कोलकाता, 11 जून (हि.स.)। कोलकाताकि पहिचान, यसको गौरव एवं सांस्कृतिक विरासतको प्रतीक हावड़ा ब्रिजलाई अब नयाँ अनि अत्याधुनिक रूपमा देखिनेछ। शहरको यस ऐतिहासिक धरोहरलाी नयाँ प्रकाशले सजाउने तयारी पूरा भइसकेको छ।कोल इण्डिया लिमिटेड तथा श्यामा मुखर्जी प्रसाद पोर्ट, कोलकातामाझ यस महत्वाकांक्षी परियोजनालाई लिएर सम्झौता ज्ञापनमा हस्ताक्षर भयो।

यो परियोजना कोल इण्डिया लिमिटेडको स्वर्ण जयन्ती तथा कर्पोरेट सोशल रिस्पन्सिबिलिटी पहलको एक भाग हो जसको उदेश्य हावड़ा ब्रिजको भव्यतालाई कायम राख्दै यसलाई आधुनिक तकनिक तथा पर्यावरणीय संवेदनशीलता सहित अझ आकर्षक बनाउनु हो।

सन् 1943 सालमा हुगली नदीमाथि निर्मित हावड़ा ब्रिज जसलाई रवीन्द्र सेतुको नामले पनि चिनिन्छ, इञ्जीनियरिंगको बेजोड़ नमूना मात्र नभएर कोलकाताको जीवन रेखा पनि हो। 2 हजार 150 फुट लामो, 70.9 फुट चौड़ा अनि 269 फुट अग्लो यो पुलले प्रतिदिन एक लाखभन्दा अधिक वाहन तथा 1.5 लाख पैदल यात्रीहरूको भार वन गर्दछ यसबाट यो देशकै सबैभन्दा व्यस्त पुलमा सामेल छ।

अब यो पुल एउटा यातायातको साधन मात्र नभएर राती चमकिलो सांस्कृतिक ल्याण्डमार्क बन्न गइरहेको छ। कोल इण्डिया लिमिटेड र श्यामा प्रसाद मुखर्जी पोर्टको यस साझा परियोजना अन्तर्गत हावड़ा ब्रिजको वर्तमान प्रकाश व्यवस्थालाई पूर्ण रूपले अपग्रेड गरिनेछ। वाल्युमेट्रिक तथा स्केलेटन प्रकाश तकनिकको माध्यमबाट पुलको संरचनालाई यसरी सजाइनेछ जसबाट यसको वास्तुकलाको भव्यता अझ बढ़्न सकोस्।

यहाँ विशेष कुरा के छ भने प्रकाशलाई संगीतसित सिंक्रोनाइज गरिनेछ जसबाट विशेष अवसरहरू जस्तै दुर्गा पूजा, स्वतन्त्रता दिवस, गणतन्त्र दिवस आदिमा पुलको गतिशिल लाइट शोको आयोजन सम्भव होस्। यो हेर्दा मात्र अद्वितीय नभएर कोलकातालाई थप अर्को अन्तर्राष्ट्रिय पहिचान दिलाउने कदम पनि हुनेछ।

-------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande