गान्तोक, 11 जून (हि.स.)। पश्चिम सिक्किमको आइरनवर्ग जीमले म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बालाई सम्मानित गरेको छ। धावक अमर सुब्बाले हालैमा नेपालमा आयोजित प्रतिष्ठित तेन्जिङ हिल्लरी एभरेस्ट म्याराथनमा दोस्रो स्थान हासिल गर्दै रजत पदक प्राप्त गरेका थिए।
धावक सुब्बाको यस उपलब्धिमा आइरनवर्ग जीमले खुशी व्यक्त गर्दै उनलाई सम्मानित गरेको हो। धावक सुब्बाको यस उपलब्धिले हरेक सिक्किमेको ह्रदय गर्वले भरिएको बताइएको छ।
आइरनवर्ग जीममा आयोजित कार्यक्रममा धावक सुब्बालाई उपस्थित सबैले खादा लगाइदिएर बधाई दिए। कार्यक्रम मार्फत एक धावकलाई मात्र होइन, तर सिक्किमको भावना, शक्ति र लचिलोपनको प्रतीकलाई सम्मान जनाएको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल