मंगन, 11 जून (हि.स.)। मंगन जिल्लाको चादे वार्डमा आज विकसित कृषि संकल्प अभियान आयोजन गरियो। कार्यक्रम कृषकहरूलाई आधुनिक कृषि अभ्यासहरूका साथै सरकारका योजनाहरूको माध्यमद्वारा सशक्त बनाउन केन्द्रित थियो। कार्यक्रममा स्थानीय कृषक समुदायको उत्साहजनक उपस्थिति थियो।
कार्यक्रममा पञ्चायत छिरिङ तामाङ मुख्य अतिथि थिए। उनले कार्यक्रमको सफलता सुनिश्चित गर्न समर्थन गर्नुका साथै सक्रिय रूपमा अभियानमा सहभागी बन्दै कृषकहरूलाई दिगो र प्रगतिशील कृषि प्रविधि अपनाउन प्रोत्साहित गरे। कृषि विज्ञान केन्द्र, उत्तर सिक्किमका अधिकारीहरूले राज्य र केन्द्र सरकारका विभिन्न योजनाहरूको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा कृषकहरूलाई आफ्नो उत्पादन बढाउनका लागि उत्कृष्ट अभ्यास, संसाधन प्रबन्धन र आधुनिक प्रविधि हस्तक्षेपहरूको बारेमा जानकारी प्रदान गरियो। यस अवसरमा कृषकहरूलाई स्प्रे मेशिन, बीउ भण्डारण गर्ने भॉंडा, हर्मेटिक बीउ भण्डारण गर्न झोलाहरू, सोएल कार्ड र जैविक मलहरू प्रदान गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल