वृद्धाले कुवामा हाम फालेर आत्महत्या गर्ने प्रयास गरिन्
वृद्धाले कुवामा हाम फालेर आत्महत्या गर्ने प्रयास गरिन्


सिलगढ़ी, 11 जून (हि. स.)। भक्तिनगर थाना अन्तर्गत श्रीमा सारणी क्षेत्रमा एकजना वृद्धाले कुवामा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी छन्। वृद्ध महिलाको नाम जोशना बसाक हो। वृद्ध महिलालाई सिलगढ़ी जिल्ला अस्पतालमा भर्ती गरिएको छ।

सूत्र अनुसार वृद्ध महिला विगत लामो समयदेखिकै मानसिक तनाउमा छन्। दुई दिनपूर्व पनि वृद्ध महिलाले आफूलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। तर परिवारले उनलाई बचाएको थियो। बुधवार अपरान्ह वृद्धाले फेरि आत्महत्या गर्नको लागि कुवामा हाम फालिन् जसलाई उनकी छोरीले देखेर चिच्याइन्।

छोरीको आवाज सुनेर छर-छिमेकका मानिसहरू घटनास्थलमा पुगे। त्यसपछि घटनाको सूचना आशीघर चौकीको पुलिस अनि दमकल विभागलाई दिइयो। पुलिस एवं दमकलकर्मीहरू घटनास्थला पुगे। लामो संघर्षपछि वृद्धालाई कुवाबाट बाहिर निकालेर सिलगढ़ी जिल्ला अस्पतालमा पुऱ्यायो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande