तामुलपुर, 11 जून (हि.स.)। तामुलपुर जिल्ला उपायुक्त कार्यालयमा आयोजित एक समीक्षा बैठकमा मन्त्री रंजीत कुमार दासले प्रधानमन्त्री आवास योजना (पीएमएवाई) को कार्यहरूको प्रगतिको समीक्षा गरे। बैठकमा उनले बताए, तामुलपुर जिल्लामा अहिलेसम्म 98 प्रतिशत कार्य सफलतापूर्वक पूरा भइसकेको छ। उनले बाकी कार्य आगामी 14 अगस्तसम्म कुनैपनि मूल्यमा पूरा गरिने निर्देश दिए।मन्त्री दासले जिल्लाको स्थानीय उत्पाद-विशेषगरी तामुलको ढकुवा प्लेट निर्माण उद्योग- को विस्तारमाथि पनि विशेष जोड दिए। जिल्लामा स्थानीय संसाधनहरूको माध्यमले साना-ठूला उद्योगहरूको स्थापनालाई प्रोत्साहन दिनुपर्छ, जसबाट आत्मनिर्भरता र रोजगार बढ्नेछ, उनले भने।
हिन्दुस्थान समाचार / भवानी थामी