गान्तोक, 11 जून (हि.स.)। सिक्किममा आज सागा दावा पर्व पूर्ण भक्तिभावको साथमा भव्यरूपमा पालन गरियो। यस अवसरमा राजधानीमा निकालिएको शोभायात्रामा सयौंको संख्यामा धर्मावलम्बीहरू सहभागी बने।
सागा दावा पर्व तिब्बती बौद्ध धर्मावलम्बीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण अवसर हो। गान्तोकमा प्यालेस गुम्पा (चुक्लाखाङ) बाट सागा दावा शोभायात्रा निकालियो, जसले सम्पूर्ण गान्तोक शहरको परिक्रमा गरेको थियो।
यस अघि प्यालेस गुम्पा परिसरमा बाल भिक्षुहरूले छाम नृत्य प्रदर्शन गरेका थिए। मानिसहरूले चुकलाखाङ गुम्पा लगायत राज्यभरिका अन्य विभिन्न गुम्पाहरूमा पूजा—प्रार्थना गरे।
सागा दावा पर्वले भगवान बुद्धको जीवनका तीन महत्त्वपूर्ण घटनाहरू, जन्म, ज्ञान प्राप्ति र निर्वाणलाई दर्साउॅंछ। यस दिनलाई त्रिगुण धन्य दिवस पनि भनिन्छ।
यस पर्वको महिनामा गरिएका असल कर्महरूको 300 गुणा बढी फल प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। यस अवसरलाई मनाउन मानिसहरूले गुम्पाहरूमा दान गर्नुका साथै खाँचोमा परेकाहरूलाई सहयोग गर्ने गर्छन्।
हिन्दुस्थान समाचार / बिशाल