शिक्षिका सुबरना तामाङ फिजिकल एडुकेशन एण्ड साइन्स विषयमा गोल्ड मेडलिस्ट
शिक्षिका सुबरना तामाङ फिजिकल एडुकेशन एण्ड साइन्स विषयमा गोल्ड मेडलिस्ट


खरसाङ, 11 जून (हि.स.)। खरसाङको स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका सुबरना तामाङ शारीरिक शिक्षा अनि विज्ञान विषयमा गोल्ड मेडलिस्ट बनेकी छन्। उनी गोल्ड मेडलिस्ट अफ् फिजिकल एडुकेशन एण्ड साइन्स विषयमा साथै फिट फेस्टमा उत्कृष्ट अवार्डद्वारा सम्मानित भएकी छन्।

खरसाङको स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका एवं मङ्पू रेशप बजार निवासी तामाङ उनको प्रदर्शन साथै फिटनेस स्वास्थ्यप्रति समर्पणको निम्ति पूर्व मिदनपुरबाट फिट फिटनेसको उत्कृष्ट अवार्डद्वारा सम्मानित भएकी छन्। यस उपलब्धिको लागि विद्यालय पक्षबाट उनलाई हार्दिक बधाई दिइएको छ‌।

शिक्षिका सुबरना तामाङको यस उपलब्धिले विद्यालय परिवारमा हर्षको माहोल छाएको छ। उनको निष्ठापूर्वक सेवा र नि:स्वार्थ कार्यको विद्यालयकी प्रधान अध्यापिका, शिक्षिकागण, कर्मचारीहरू साथै विद्यार्थीहरुले सराहना गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande