गान्तोक, 11 जून (हि.स.)। तृणमूल स्तरमा कार्यद्वारा कृषक समुदायलाई सशक्त बनाउने अभियान जारी राख्दै विकसित कृषि सङ्कल्प अभियान (भीकेएसए) एघाह्रौं दिन गान्तोक जिल्लाको कोपीबारी-स्यारी र नाण्डोक-सरमसा ग्राम पञ्चायत एकाइ पुग्यो। धेरै सङ्ख्यामा महिला अनि ग्रामीण युवाहरूको उपस्थितिका साथ 215 जना कृषक सामेल रहेको कार्यक्रम सिक्किममा समावेशी कृषि विकासप्रति अभियानको प्रतिबद्धताको सन्दर्भणा एउटा कोशेढुङ्गा साबित भयो।आईसीएआर-कृषि विज्ञान केन्द्र (केभीके), रानीपुल, पूर्व सिक्किमद्वारा सिक्किम सरकारको कृषि, बागवानी, पशुपालन तथा मत्स्य पालन विभागसँगको संयुक्त तत्वावधानमा कार्यक्रम आयोजित गरिएको थियो। भीकेएसएको मञ्चमा यी अभिकरणहरूको सम्मिलनले आवश्यक सरकारी सेवाहरू एकै ठाउँ पाउने मात्र नभएर कृषकहरूले व्यापक ज्ञान हासिल गर्ने सुनिश्चित भएको थियो।कार्यक्रममा कोपीबारी-स्यारीकी पञ्चायत सभापति श्रीमती विष्णुमाया छेत्री, जिल्ला पञ्चायत सदस्य धनमाया राई र नाण्डोक-सरमसा जीपीयुका पञ्चायत सभापति दिनेशकुमार छेत्री विशेष रूपमा उपस्थित थिए। स्थानीय पञ्चायत सदस्यहरूले भीकेएसए अन्तर्गत ग्रहण गरिएको एकिकृत पहलको सराहना गर्दै कृषकहरूलाई कार्यक्रम अवधिमा प्रदान गरिने सेवा अनि योजनाहरूको फाइदा उठाउन आग्रह गरे।सत्रलाई प्राविधिक विशेषज्ञहरूको प्रबल टोलीद्वारा मार्गदर्शन गरिएको थियो। यसमा आइसीएआर-केभीकेको पशुविज्ञान प्रकोष्ठकी डा. आकाङ्क्षा, कृषि विज्ञानबाट डा. स्मृतिरञ्जन प्रधानका साथमा सीएईपीएचटीका प्रोफेसर डा. एसके सतपति सामेल रहेका थिए। उनीहरूले स्थानीय भूगोल, फसल अनि पशुपालनका चलनको निम्ति तयार क्षेत्र विशेष प्राविधिक परामर्श दिए।कार्यक्रममा भीकेएसएका जिल्ला संयोजक एवं कृषि विभागका उपनिर्देशक भरत शर्मा, बागवानी विकास अधिकारी सोनामवाङदी लेप्चा, पशुचिकित्सा अधिकारी डा. निखिल राई र मत्स्य पालन विभागका खण्ड अधिकारी सोनामछिरिङ लगायत सम्बद्ध विभागका स्थलकर्मीहरू पनि सामेल थिए। कृषकहरूले प्राप्त गर्नसक्ने हाल चलिरहेका विभागीय योजना, सहायता अनि सेवाबारे जानकारी दिँदै यी अधिकारीहरूले लघु अनि मध्यम कृषकहरूका लागि सुगम्यतामाथि विशेष बल दिए।दिनभरी चलेको कार्यक्रममा एकिकृत खेती प्रणाली, जैविक तथा जलवायु अनुकूलित खेती, पशुमा लाग्ने रोगको रोकथाम तथा वैज्ञानितकम मत्स्य पालन विधिबारे व्यावहारिक चर्चा सामेल रहेको थियो। कार्यक्रममा पीएम-किसान, पीएमएफबीवाई, किसान क्रेडिट कार्ड (केसीसी) र माटोको स्वास्थ्य कार्ड जस्ता योजनाको निम्ति तत्काल पञ्जिकरणको सुविधा राखिएको हुँदा, कार्यक्रमलाई योजनाहरूसम्म पुग्नका लागि अभियान एउटा सक्रिय द्वार बनेको थियो।नाण्डोकको सक्षम नारी एसएचजी लगायत अन्य स्वयं सहायता समूहले स्थानीय रूपमा उत्पादित जैविक उत्पादहरू प्रदर्शित गरी कार्यक्रममा सक्रिय रूपमा भाग लिएको थियो।कार्यक्रममा सहभागी सबैले कार्यक्रमको सराहना गर्दै भीकेएसए जस्तो पहलले घर-आँगनमै प्राविधिक विशेषज्ञता अनि सरकारी लाभहरू प्रदान गरी सूचना अनि सेवाको अन्तर पाट्ने सेतुको काम गरेको बताए। भीकेएसए अभियान अघि बढ्दै जाँदा, यसले नाण्डोक जस्तो इलाकामा ग्रामीण विकासको निम्ति विशाल संरचना स्थापित गर्न सघाउ पुऱ्याएको छ, जसले आजीविका सुदृढ बनाउँदै दिगो प्रथा प्रोत्साहित गरी राज्यभरी अनुकूलित कृषि समुदाय विकसित गर्न सघाउ पुऱ्याइरहेको पीआईबीले विज्ञप्तिमा जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल