ईडीको 2,700 करोड़को मनी लन्ड्रिङ मामिलामा दिल्ली, राजस्थान, गुजरातमा रेड
ईडी


नयाँ दिल्ली, 12 जून (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले बिहिवार रियल एस्टेट स्कीमसित सम्बन्धित 2,700 करोड़ रूपियाँको मनी लन्ड्रिङ मामिलामा व्यापक स्तरमा कारबाही गऱ्यो। केन्द्रिय जाँच एजेन्सीले दिल्ली, राजस्थान र गुजरातमा लगभग 24 ठेगानामा छापा मारेको छ।

आधिकारिक सूत्रहरू अनुसार, ईडीको रेड नेक्सा एवरग्रीन नामक रियल एस्टेट योजनासित सम्बन्धित व्यापक स्तरमा वित्तीय धोकाधड़ीसित जोड़िएको छ। केन्द्रिय जाँच एजेन्सीको टीमले राजस्थानको जयपुर, जोधपुर, सीकर र झुंझुनू सहित धेरै शहरहरूमा छापा मारेको छ। यसका साथै अहमदाबाद (गुजरात) र दिल्लीका केही हिस्साहरूमा पनि एकसाथ छापा मारियो। ईडीको यो कारबाही धनशोधन निवारण अधिनियम (पीएमएलए) का प्रावधानहरू अन्तर्गत गरिँदैछ। यस प्रक्रियामा ठूलो संख्यामा निवेशकहरूलाई ठगिएको आरोप छ।

ईडीको जाँचको उद्देश्य वित्तीय साक्ष्य उजागर गर्नु र घोटालाको प्रमुख लाभार्थीहरूको पहिचान गर्नु हो। यस मामिलामा खोजी अभियान जारी रहँदा अझ् अधिक जानकारी उजागर हुने अनुमान छ।

उल्लेख्य, धनशोधन निवारण अधिनियम (पीएमएलए) 2002 अन्तर्गत दर्ता यो मामिला रेड नेक्सा एवरग्रीन नामक कम्पनी विरूद्ध राजस्थान पुलिसको प्राथमिकीसित सम्बन्धित छ। रेड नेक्सा एवरग्रीन परियोजनाले कथित रूपमा निवेशकहरूलाई उच्च रिटर्न वा सम्पत्ति आवंटन या त फ्ल्याट, जमीन वा एक निश्चित अवधिपछि प्रीमियम दरहरू दिने वाचा दिएर लोभ्यायो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande