नयाँ दिल्ली, 13 जून (हि.स.)। भारतले ईरान र इजराइलबीच बढ्दो तनाउमा गहिरो चिन्ता जाहेर गरेको छ। विदेश मन्त्रालयले एक बयानमा भन्यो, भारतले स्थितिमाथि तीखो नजर राखिरहेको छ, विशेष रूपमा परमाणु ठेगानाहरूमाथि भएको हमलासित सम्बन्धित खबरहरूमाथि।
विदेश मन्त्रालयले दुवै पक्षसित उनीहरू कुनैपनि उकसाउने स्थितिदेखि जोगिने र स्थितिलाई अझ् अधिक नबिगार्ने अपील गरेको छ। भारतले भन्यो, वर्तमान संवाद र कूटनीतिक माध्यमहरूको उपयोग गरी यस संकटको समाधान गर्ने प्रय़ास गरिनुपर्छ। बयानमा यो पनि भनियो, भारतको ईरान र इजराइल दुवैसित घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध छ। भारत हरसम्भव सहयोग गर्न तयार छ।
सरकाले भन्यो, दुवै देशमा स्थित भारतीय दूतावास आ-आफ्नो क्षेत्रहरूमा बसिरहेका भारतीय नागरिकहरूको सम्पर्कमा छ। सबै भारतीयहरूलाई उनीहरू सतर्क रहने, सुरक्षित रहने र स्थानीय सुरक्षा निर्देशहरूको पालन गर्ने सुझाउ दिइएको छ।
यस अगाड़ी इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताए, देशले “राइजिङ लायन” नामक एक सैन्य अभियान शुरू गरेको छ। उनले यसलाई ईरानबाट उत्पन्न भइऱहेको खतरालाई समाप्त गर्ने प्रयास बताए। यो अभियान तबसम्म जारी रहनेछ जबसम्म खतरा पूर्ण रूपमा समाप्त हुँदैन, उनले भने।
हिन्दुस्थान समाचार / भवानी थामी