नयाँ दिल्ली, 13 जून (हि.स.)। विदेश सचिव विक्रम मिश्रीले भारत दौड़ाहमा आएका चीनका उप विदेशमन्त्री सुन वेइदोङलाई हिजो नयाँ दिल्लीमा भेटे। यस अवधि नागरिक उड़ानहरूको बहाली, हाइड्रोलोजिकल डेटा साझा गर्ने र व्यापारसित सम्बन्धित मुद्दाहरूमाथि चर्चा भयो।
विदेश मन्त्रालय अनुसार, बैठकमा दुवै पक्षले 27 जनवरी 2025 मा बेजिङमा भएको पछिल्लो बैठकपछि द्विपक्षीय सम्बन्धहरूको प्रगतिको समीक्षा गरे। दुवै देशले सम्बन्धहरूमा स्थिरता ल्याइने र जनकेन्द्रित पहलहरूको माध्यमले पुनः विश्वास स्थापित गरिनुमाथि सहमति व्यक्त गरे।
विदेश सचिवले कैलाश मानसरोवर यात्राको बहालीमा चीनको सहयोगको निम्ति आभार व्यक्त गरे। उनले अप्रेल 2025 को ट्रान्स-बर्डर रिवर कोअपरेशन बैठकको उल्लेख गर्दै आशा व्यक्त गरे कि हाइड्रोलोजिकल डेटा साझा गर्ने र अन्य विषयहरूमाथि छिट्टै प्रगति हुनेछ।
दुवै पक्षले भारत-चीनबीच सोझो विमान सेवाहरू फेरि शुरू गर्ने प्रक्रियालाई तीव्र गर्नमाथि सहमति व्यक्त गरे। विदेश सचिवले एयर सर्विसेज एग्रीमेन्टलाई छिट्टै न्तिम रूप दिने इच्छा व्यक्त गरे। भीसा प्रक्रियालाई सरल बनाउने, मीडिया र थिंक ट्याङ्कबीच संवाद बढ़ाउनमाथि पनि सहमति बन्यो।
भारत-चीन राजनयिक सम्बन्धहरूको 75औं वर्षगाठ अन्तर्गत प्रस्तावित कार्यक्रमहरूको पनि सकारात्मक समीक्षा भयो। दुवै पक्षले यसलाई सफल बनाउने संकल्प लिए। आर्थिक र व्यापारिक क्षेत्रहरूसित सम्बन्धित विशेष मामिलामाथि छलफलको निम्ति व्यावसायिक संवादहरूलाई अगाड़ी बढ़ाउनमाथि पनि सहमति बन्यो। बैठक सौहार्दपूर्ण रह्यो र सम्बन्धहरूलाई अगाड़ी बढ़ाउने दिशामा सकारात्मक कदम मानिन्दैछ।
हिन्दुस्थान समाचार / भवानी थामी