अहमदाबाद, 13 जून (हि.स.)। गुजरातको अहमदाबादमा भएको भीषण विमान दुर्घटनाले न केवल देश तर सारा विश्वलाई पनि हल्लाएर राखेको छ। यस दुर्घटनामा 265 जनाको मृत्यु भयो तर एक भाग्यशाली यात्री रमेश विश्वास कुमार बचे। उनी कालको मुखदेखि बाहिर आए। प्रधानमन्त्री नरेनद्र मोदीले आज यस चमत्कारी रूपमा बचेका यात्रीलाई भेटे औं उनको स्वास्थ्यको जानकारी लिए।
विश्वासको आपबीती
अस्पतालको बेडमा लड़ेका रमेश विश्वासले बताए, रनवेमा विमानको रफ्तार बढ्नसाथ मलाई केही अनौठो महसूस भयो। अचानक 5-10 सेकेन्डको निम्ति सबै कुरा रोकिएको जस्तै भयो। फेरि एकाएक हरियो र सेतो बत्ती बल्यो। यस्तो लाग्यो कि पायलटले टेकअफको निम्ति पूरा शक्ति लगायो। र फेरि विमान बिल्डिङसित ठोकियो।
विश्वासले भने, जुन ठाउँ म बसेको थिए, शायद त्यो हिस्सा बिल्डिङको मुनिको हिस्सासित ठोकिएको थियो। माथि आगो लागेको थियो र धेरै जना त्यसमा फंसेका थिए। शायद म सीटको साथ तल झरे औं जसो तसो बाहिर निस्कनमा सफल रहे। दैलो भत्केको थियो, अगाड़ी केही खुल्ला ठाउँ देखे र मैले निस्किने प्रय़ास गरे।
रमेशले भने, मैले दुई एयर होस्टेस, एक अंकल-आन्टी र अन्यलाई जल्दै गरेको देखे। यस दुर्घटनामा मेरो देब्रे हात गम्भीर रूपमा जल्यो तर ज्यान बच्यो। म जस्तै बाहिर आए, आगो तीव्र गतिमा फैलियो। यदि अझ् केही सेरेन्ड रोकिएको भए, शायद....।
रमेश र अजय दुई भाई हुन्, जो यूकेको लेस्टर शहरमा बस्थे। दुवैले एकसाथ यात्रा गरिरहेका थिए। तेस्रो भाई नयन पनि त्यही बस्छन्। उनले टेलीफोनमा कुराकानीमा भने, हामीले रमेशसित कुरा गऱ्यौं, उनी अस्पतालमा छन् र ठीकै छन्। तर अजयको कुनै खोजखबर छैन। हामीले लगातार जानकारीको प्रतिक्षा गरिरहेका छौं। हामी अर्को फ्लाइटमा भारतको निम्ति निस्किरहेका छौं। आशा छ, जसरी रमेश सुरक्षित छन्, त्यसरी नै अजयबारे पनि कुनै राम्रो खबर आओस्।
जब रमेशलाई सोधियो कि दुर्घटना कसरी भयो तब उनले भने, मलाई थाहा छैन... म कसरी बचे, यो पनि बुझिरहेको छुइन।
रमेशको ज्यान बच्दा परिवारलाई केही राहत छ तर अजयको जानकारी नपाउँदा सबै चिन्तित छन्। माता-पिता र पत्नी गहिरो सदमामा छन्। मोहल्लामा शोकको माहोल छ र छिमेकी-आफन्त पनि यस घटनाले अत्यन्त दुःखी छन्।
हिन्दुस्थान समाचार / भवानी थामी