लन्दन, 13 जून (हि.स.)। भारतीय अभिनेत्री करिश्मा कपूरकी पूर्व पति एवं चर्चित व्यवसायी संजय कपूरको बिहिवार ह्रदयघातका कारण निधन भएको छ। 53 वर्षीय संजय कपूर पोलो खेलिरहेको समयमा अचानक बेहोश भएका थिए।
अभिनेता सुहेल सेठले संजय कपूरको निधनको सूचना एक्स पोस्टमा साझा गरेका छन्। सुहेलले एक्समा लेखेका छन्, 'संजय कपूरको निधनमा अत्यन्त दुखी छु। आज बिहान इङ्गल्याण्डमा उनको निधन भयो। यो एउटा ठूलो क्षति हो र उनका परिवार र सहकर्मीहरूप्रति गहिरो समवेदना। ओम शान्ति।'
29 सेप्टेम्बर, 2003 मा करिश्मा कूपर र संजय कपूरले मुम्बई मुम्बईमा विवाह गरेका थिए। संजय र करिश्माका दुई सन्तान छन्, छोरी समायरा र छोरा कियान। 2014 मा दम्पतिले आपसी सहमतिमा छुटानामको निम्ति पहल शुरू गरेका थिए भने 2016 मा छुटिए। यसपछि, संजयले प्रिया सचदेवसॅंग विवाह गरे। संजय र प्रियाको सात सालको छोरा अजारियस छ।
हिन्दुस्थान समाचार / भवानी थामी