भारत बंगलादेश सीमामा अनुप्रवेशको प्रयास असफल
भारत बंगलादेश सीमामा अनुप्रवेशको प्रयास असफल


कुचबिहार, 14 जून (हि.स.)। बीएसएफले कुचबिहार जिल्लाको शीतलकुची ब्लकको राजारबाड़ी सीमामा बंगलादेश तिरबाट भारतमा अनुप्रवेश गर्ने प्रयासलाई असफल बनाइदियो।

बीएसएफ सूत्रानुसार शनिवार तीनजना बंगलादेशी नागरिकहरू काँड़ेदार तारबाट छिरेर भारतमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए। तीनैजना तिलक सीमा चौकीको गेट 24 तर्फ गइरहेका थिए जसमा दुईजना महिला अनि एकजना पुरूष थिए। सोही समय बीएसएफको 157औं बटालियनका जवानहरूले बंगलादेशीहरूलाई नो म्यान्सल्याण्डमा रोके। हाल तीनै बंगलादेशीहरू नो म्यान्सल्याण्डमा फसेका छन्। बोर्डर गार्ड बंगलादेश (बीजीबी)-ले पनि उनीहरूलाई आफ्नो देशमा प्रवेश गर्नदेखि रोकेको छ।

उल्लेखनीय छ, बिहीवार पाँचजना बंगलादेशीहरूले शीतलकुची ब्लकको गादोपोंता सीमामा प्रवेश गर्ने प्रयास गरेका थिए। तथापि बीएसएपका अधिकारीहरूले यस मामिलामा कुनै टिप्पणी गर्नदेखि अस्वीकार गरेको छ। नाम नबताइदिने शर्तमा बीएसएफका एकजना अधिकारीले भने, बीजीबीसित फ्ल्याग मीटिंग गरेर यस मुद्दालाई सुल्झाउने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande