खातरा बजारमा मन्त्रीका पतिमाथि हमला
खातरा बजारमा मन्त्रीका पतिमाथि हमला


बाँकुड़ा, 14 जून (हि.स.)। बाँकुड़ाको खातरा बजारमा गए शुक्रवार राती पश्चिम बंगालकी खाद्य एवं आपूर्ति प्रति मन्त्री ज्योत्सना मांडीका पतिमाथि हमला गरेको आरोप लागेको छ। प्राप्त जानकारी अनुसार बाँकुड़ाको खातरा बजारमा मन्त्रीका पति तुहिन मांडीमाथि केही मानिसहरूले हमला गरे। खातरा थानाको पुलिसले यस मामिलामा छःजना भाजपा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। तथापि भाजपाले उक्त आरोपलाई अस्वीकार गरेको छ।

ज्योत्सना मांडीले आरोप लगाइन्, गए शुक्रवारसाँझ खातरा बजारमा भाजपाका केही कार्यकर्ताहरू लौरो-हतियारहरू बोकेर भेला भएका थिए। सोही समय उनका तुहिन मांडी सामान खरिद गर्नका लागि बजार गएका थिए। आरोप छ, किनमेल गर्ने क्रममा अचानक 15-16 जना भाजपा कार्यकर्ताहरूले उनका पतिमाथि लौरो-हतियार आदिले हमला गरे। मन्त्रीका पतिको पिठ्युँ र दाहिने हातमा चोट लागेको छ।

मन्त्रीले आरोप लगाइन्, भाजपाले पछिल्लो केही समयदेखिको क्षेत्रमा अशान्ति फैलाउने चेष्टा गरिरहेको छ। यसै राजनीतिक उदेश्यले भाजपाले उनका पतिमाथि हमला गरेको हो। उनले भनिन्, राजनीतिक लड़ाईँ हुनसक्छ। तर व्यक्तिगत हमला ठीक होइन। मेरा पति राजनीतिमा सामेल छैनन्। यस घटनाबाट म स्तब्ध भएको छु।

तथापि भाजपाले मन्त्रीको आरोपलाई खारेज गरिदिएको छ। भाजपाको दाबी छ, आरोप पूर्ण रूपले निराधार छ। भाजपाका बाँकुड़ा जिल्ला सचिव दीपक दासले भने, हिजो साँझ तृणमूलका गुण्डाहरूले खातरा बजारमा भाजपा कार्यकर्ताहरूमाथि हमला गरेका थिए। भाजपा कार्यकर्ताहरू उक्त हमलालाई रोक्नका लागि डटिरहे। स्थितिलाई नियन्त्रणमा ल्याउनको लागि आरएएफले लट्ठीचार्ज गऱ्यो। यसै अवधि मन्त्रीका पति तृणमूल कार्यकर्ताको लट्ठीले लागेर घाइते भए होलान्। भाजपालाई यो सित कुनै सरोकार छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande