तमुलपुर (असम), 14 जून (हि.स.)। आगामी 21 जूनमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा तमुलपुर जिल्ला प्रशासन अनि जिल्ला स्वास्थ्य संस्था (आयुष)-को पक्षबाट तामुलपुर जिल्लाको बरेगाउँस्थित शरणिया कछारी प्रेक्षागृहमा जिल्ला स्तरीय एक योग प्रतिोगिता आयोजना गरियो। यस प्रतिोगिताको उद्घाटन जिल्लाधिकारी पंकज चक्रवर्तीले गरे।
जिल्लाधिकारीले आफ्नो सम्बोधनमा भने, “जीवनको प्रक्रियालाई सुचारू रूपमा संचालन गर्नको लागि हामीले योगको सहयोग लिनुपर्छ। शरीरको गतिलाई नियन्त्रण गर्नु, शरीर अनि मनलाई स्वस्थ बनाइराख्नको लागि योग अनिवार्य छ। योगासनले सदैव शरीर अनि मनको समन्वयलाई काम राख्दछ। विद्यार्थीहरूको पढ़ाईमा पनि योगासन सहायक सिद्ध हुनसक्छ।”
उनले भने, “हामीले आफ्नो मस्तिष्कको क्षमतालाई योगको माध्यमबाट बढ़ाउन सक्छौं अनि आफ्नो समाजलाई पनि स्थिर अनि स्वस्थ बनाउन सक्छौं। त्यसैले हामीले नियमित रूपमा योगाभ्यास गर्नुपर्छ। योगको कारणले पढ़ाईको शक्ति बढ़्दछ साथै शारीरिक क्षमतामा पनि वृद्धि हुनसक्छ।”
आजको कार्यक्रममा सहायक आयुक्त कविता फांगसो, स्वास्थ्य अधिकारी गौतम मेधी उपस्थित थिए। साथै प्रतियोगितामा निर्णायकको रूपमा क्रमशः रीता राभा, राजेश राभा औ प्रणव चक्रवर्ती उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा