अपेक्षा छेत्री नीट परीक्षा 2025 मा सिक्किम टपर
अपेक्षा छेत्री नीट परीक्षा 2025 मा सिक्किम टपर


गान्तोक, 14 जून (हि.स.)। राभाङलाकी अपेक्षा छेत्री नीट 2025 परीक्षामा सिक्किम टपर बनेकी छिन्। नाम्ची जिल्ला अन्तर्गत देथाङ, राभाङला निवासी भगीरथ छेत्री र दुर्गादेवी छेत्रीकी सुपुत्री अपेक्षाले नीट परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो गाउॅं-समाजको नाम रोशन गरेकी छिन्।

उनले अखिल भारतीय स्तरमा 20,438 को प्रभावशाली ऱ्याङ्क हासिल गर्दै सिक्किमबाट सर्वाधिक स्कोर हासिल गर्ने उम्मेदवार बनेकी छिन्। उनले आफ्नो कडा परिश्रम र समर्पणले आफ्नो परिवार, गृह शहर र राज्यलाई गौरवान्वित तुल्याएकी छिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande