हावड़ा, 14 जून (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीविरूद्ध कथित रूपमा अपशब्द प्रयोग गरेको आरोपमा एकजना सिभिक भोलन्टियरसित गरिएको सार्वजनिक दुरव्यवहारको मामिलामा पुलिसले कारबाही गर्दै दुईजना मानिसहरूलाई पक्राउ गरेको छ। घटनाको भीडियो भाइरल भएपछि यो मामिलाले राजनीतिक रूप लिएको छ।
यो घटना हावड़ाको उदयनारायणपुर विधानसभा क्षेत्रको पेंड़ो थानान्तर्गत बसन्तपुर क्षेत्रमा गए बुधवार घटेको थियो। शुक्रवार रातीदेखि शनिवार बिहानसम्म छापा मारेर दुईजना मानिसहरूलाई पक्राउ गरिएकोछ। भाइरल भीडियोमा सिभिक भोलन्टियर श्रीधर चक्रवर्तीलाई डोरीले बाँधेर कान समातेर उठ-बस गराउँदै तथा थप्पड़ले हिर्काउँदै गरेको मानिसहरूलाई देख्न सकिन्छ। भीडियोमा मानिसहरूलाई यसो भन्दै गरेको सुन्न सकिन्छ, उसले ‘दिदी’ अर्थात मुख्यमन्त्री ममता ब्यनर्जी अनि उनको पार्टीविरूद्ध गाली किन गऱ्यो। यो पनि आरोप छ, सिभिक भोलन्टियरले चोरी पनि गरेको थियो।
भीडियो सामु आएपछि हावड़ा ग्रामीण जिल्ला पुलिसले मामिलालाई गम्भीर रूपमा लिएर तुरून्त कारबाही गऱ्यो अनि दुईजना मानिसहरूलाई पक्राउ गऱ्यो। पुलिस अधीक्षक सुबिमल पालले पुष्टि गर्दै भने, भाइरल भीडियोको जाँच गरिँदैछ। सिभिक भोलन्टियरलाई अपमानित गरेको आरोपमा दुईजना मानिसहरूलाई हिरासतमा लिइएको छ।
यसबीच पीड़ित सिभिक भोलन्टियर श्रीधर चक्रवर्तीले क्यामरा सामु भने, उसले रक्सीको नशामा मुख्यमन्त्रीविरूद्ध भनेकाहरू सबै भुल थियो। उसले यो पनि दाबी गऱ्यो, उसलाई यसो भन्नको लागि स्थानीय भाजपा नेता ‘लालु दा’-ले उक्साएको थियो। लालु भाजपाका मण्डल अध्यक्ष रहेको बताइँदैछ।
लालुले सबै आरोपलाई अस्वीकार गर्दै भने, उनले श्रीधरलाई कहिले पनि कुनै प्रकारको गाली गर्न लगाएका थिएनन्ष भाजपाद्वारा हावड़ा ग्रामीण जिल्लाका सहायक अध्यक्ष रमेश साधुखाँले यसलाई एक राजनीतिक षड़यन्त्र बताए। उनले भने, पार्टीका नेतालाई झुटो मामिलामा फसाइँदैछ। उनले पनि भाइरल भीडियोलाई सोशल मीडियामा साझा गरेका छन्।
तृणमूल कंग्रेसको स्थानीय एकाईले यस घटनादेखि पन्सिँदै भनेको छ, पार्टीको योसित कुनै सम्बन्ध छैन। अमता एक नम्बर पञ्चायत समितिका पूर्व कार्याध्यक्ष काजी सफिकुर रहमानले बताए, श्रीधरविरूद्ध क्षेत्रमा पहिलाबाटै सिकायत प्राप्त भइरहेको थियो। यो घटना मानिसहरूको आक्रोशको अभिव्यक्ति हुनसक्छ।
सिभिक भोलन्टियर श्रीधरविरूद्ध विभागीय जाँच शुरू गरिएको छ भने पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गरिँदैछ। घटनाको राजनीतिकरण भएको कारणले पुलिसले अतिरिक्त सतर्कता अप्नाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा