एकै परिवारका पाँच सदस्यले खाए विष, तीन अबोधहरूको मृत्यु
एकै परिवारका पाँच सदस्यले खाए विष, तीन अबोधहरूको मृत्यु


रायपुर, 14 जून (हि.स.)। कांकेर जिल्लामा परतापुर थाना क्षेत्रको ग्राम पञ्चायत चन्दनपुर अन्तर्गत ग्राम पी.व्ही. 70 शान्तिनगरमा एकै परिवारका पाँच सदस्यले हिजो अबेर राति विष खाएर आत्महत्या गर्ने प्रयास गरे। यस घटनामा परिवारका तीन अबोध नानीहरूको मृत्यु भएको छ। पुलिसको भनाई छ, जाँच जारी छ र साक्ष्य एकत्र गरिँदैछ। शवहरूलाई पोस्टमार्टमको निम्ति पठाइएको छ।

मृत नानीहरूको पहिचान वर्षा बैरागी (11 वर्ष), दीप्ती बैरागी (7 वर्ष) र देवराज बैरागी (5 वर्ष) को रूपमा गरिएको छ। माता-पिताले पनि विष खाएर ज्यान दिने प्रयास गरेका थिए तर समय रहँदै उनीहरूलाई बचाइएको छ। अहिले सिविल अस्पताल पकांजूरमा उनीहरूको उपचार भइरहेको छ।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो र जाँचमा जुट्यो। अहिलेसम्म विष खाने कारणहरूको पत्तो लागेको छैन। प्राथमिकी रूपमा मामिला घरेलू समस्या हुनसक्ने बताइँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande