सिलगढी, 14 जून (हि.स.)। एनजेपी थानाको पुलिसले तस्करी अघि नै एउटा फलले भरिएको वाहनबाट लाखौं रूपियॉंको गॉंजासहित आरोपी चालकलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम दीपक कपूर हो। उनी कूचबिहार निवासी हुन्।
सूत्रहरू अनुसार, एनजेपी थानाको पुलिसले शनिवार दिउॅंसो फुलबाडी गाजोलडोबाको क्यानल रोडमा छापा मारेर एउटा सानो मालवाहक वाहनबाट 72 किलो 600 ग्राम गॉंजा जफत गरेको छ। गॉंजाको फलले भरिएको वाहनमा गॉंजा तस्करीको निम्ति लगिॅंदै थियो। यस घटनामा पुलिसले वाहन चालकलाई पक्राउ गरेको छ।
सोधपुछमा चालकले गॉंजा कूचबिहारबाट मालदा लिएर गइरहेको बताएका छन्। गॉंजाको बजारमा अनुमानित मूल्य साढे सात लाख रूपियॉं बताइएको छ। पक्रा परेका आरोपीलाई आइतवार जलपाइगढी अदालतमा पेश गरिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल