अहमदाबाद विमान दुर्घटनाः अहिलेसम्म 32 मृतकहरूको डीएनए नमूनाको मिलान, 14 शव परिजनहरूलाई सुम्पियो
अहम


अहमदाबाद, 15 जून (हि.स.)। अहमदाबाद विमान दुर्घटनामा अहिलेसम्म 32 मृतकको डीएनए नमूनाको मिलान भइसकेको छ। 32 परिवारसित सम्पर्क गरिएको छ। अहिलेसम्म कूल 14 शव परिजनहरूलाई सुम्पिएको छ।

अहमदाबादमा 12 जूनमा लन्दन गइरहेको एयर इण्डियाको फ्लाइट AI171 मेघाणीनगरमा दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा मृतकहरूको शव यति क्षत-विक्षत थिए कि त्यसलाई चिन्नु कठिन थियो। यसैले मृतकहरू र उनीहरूका परिजनहरूको डीएनए नमूनाको माध्यमले शवहरूको पहिचान गर्ने फसेला गरिएको थियो। पहिचान प्रक्रियाको जानकारी अहमदाबाद सिविल होस्पिटलको एडिशनल सुपरिन्टेन्डेट डा. रजनीश पटेलले मीडिया ब्रीफिङमा दिए।

उनले भने, अहिलेसम्म 32 मृतकहरूको डीएनएको उनीहरूको परिजनहरूसित मिलान भइसकेको छ। यसमा अहमदाबादका 4, वडोदराका 2, खेड़ाका 1, अरावलीका 1, बोटादका 1, महेसाणाका 4 र उदयपुरका 1 मृतक सामेल छ। हरेक मृतकको परिवारको निम्ति एक अलग टीम नियुक्त गरिएको छ।

यस टीममा एक वरिष्ठ अधिकारी, एक पुलिसकर्मी र एक पेशावर काउन्सलर सामेल छन्। जुन मृतकहरूको डीएनए नमूना म्याच भएको छ, उनीहरूको पार्थिव शरीर परिजनहरूलाई सम्मानपूर्वक सुम्पिँदैछ। अहिलेसम्म कूल 14 शव परिजनहरूलाई सुम्पिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande