ब्रिटिश नौसेनाको लड़ाकू विमानको तिरूवनन्तपुरम अन्तरराष्ट्रिय हवाई अड्डामा एमरजेन्सी ल्याण्डिङ
विमान


नयाँ दिल्ली, 15 जून (हि.स.)। ब्रिटिश नौसेनाको लड़ाकू विमान एफ-35 ले शनिवार राति ईन्धन कम भएको कारण तिरूवनन्तपुर अन्तरराष्ट्रिय हवाई अड्डामा आपातकालीन ल्याण्डिङ गरेको छ। भारतीय वायु सेनाले उड़ान सुरक्षा कारणहरूले तत्काल सहायता पुऱ्यायो र अगाड़ी पनि सबै मद्द गरिँदैछ। विमान आइतवार पनि तिरूवनन्तपुरमै छ, यसैले वायु सेनाले सबै एजेन्सीहरूको साथ समन्वय गरिरहेको छ। विमानमा ईन्धन भर्ने प्रक्रिया शुरू गर्न केन्द्र सरकारबाट स्वीकृतिको प्रतिक्षा छ।

भारतीय वायु सेनाका अधिकारीले भने, यूके नौसेनाको एफ-35 लड़ाकू विमानले यस क्षेत्रमा संचालित एक ब्रिटिश विमानवाहक पोतबाट उड़ान भऱ्यो र राति लगभग 9.30 बजी तिरूवनन्तपुरम अन्तरराष्ट्रिय हवाई अड्डामा सुरक्षित रूपमा ल्याण्ड गऱ्यो। जेटको सुरक्षित ल्याण्डिङ सुनिश्चित गर्न हवाई अड्डाका अधिकारीहरूले आपातकालको घोषणा गरेका थिए। पायलटले ईन्धन कम भएको सूचना दियो र ल्याण्डिङ गर्ने अनुमति माग्यो। ईन्धन कम भएको कारण तिरुवनन्तपुरम अन्तरराष्ट्रिय हवाई अड्डामा आपातकालीन ल्याण्डिङ गऱ्यो। यसपछि सबैकुरा छिटो-छिटो र पेशावर तरीकाले सम्हालियो।

भारतीय वायु सेनाले ब्रिटिश एफ-35 को आपातकालीन ल्याण्डिलाई डायवर्सनको सामान्य घटना बताएको छ। यस घटनासित आईएएफ पूर्ण रूपमा अवगत छ र उड़ान सुरक्षा कारणहरूले विमानको सहायता गरेको छ। अघिपनि विमानलाई सबै प्रकारको सहायता दिँदैछ र सबै एजेन्सीहरूको साथ समन्वय गरिँदैछ। एफ-35 लड़ाकू विमानलाई अहिले कड़ा सुरक्षाबीच हवाई अड्डामा खड़ा गरिएको छ। सूत्रहरू अनुसार, केन्द्र सरकारका सम्बन्धित अधिकारीहरूबाट स्वीकृति पाइएपछि ईन्धन भर्ने प्रक्रिया शुरू गरिनेछ, जसो भारतीय हवाई क्षेत्रमा संचालित हुने कुनैपनि विदेशी सैन्य विमानको निम्ति आवश्यक छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande