पुणेमा चार बांग्लादेशी नागरिक पक्राउ
पुणेमा चार बांग्लादेशी नागरिक पक्राउ


मुम्बई, 15 जून (हि.स.)। पुणे जिल्ला कोंढवा क्षेत्रमा आतङ्कवाद विरोधक दस्ता (एटीएस) ले सेनाको गोप्य विभागको मद्दतले चार बांग्लादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। चारै अवैध रूपमा भारत पसेका थिए औं गत चार महिनादेखि फर्जी दस्तावेजहरूको आधारमा कोंढवा क्षेत्रमा बसिरहेका थिए।

मामिलाको छानबीन गरिरहेका पुलिस अधिकारीले आइतवार मीडियालाई बताए, आतङ्कवाद निरोधक दस्ता (एटीएस) लाई सेनाको गोप्य विभागबाट यी चारै बांग्लादेशी भारतमा अवैध रूपमा आएको गोपनीय जानकारी प्राप्त भएको थियो। यसपछि एटीएस, सेना र कोंढवा पुलिस स्टेशनले मिलेर संयुक्त रूपमा कारबाही गर्दै शुक्रवार एकलाई पक्राउ गरेको थियो। पक्रा परेको आरोपीको निशानदेहीमा शनिवार अन्य तीनलाई पक्राउ गरियो।

य़ी चारैको पहिचान स्वप्न निधुभूषण मण्डल (39, मूल निवासी बसंतला, शिबूपुर देश), मिथुन कुमार दिलीप मण्डल (31, मूल निवासी कोंडाडा), रणधीर कुमार मण्डल (38, मूल निवासी अंदुलपोटा) र दिलीप निमाई मण्डल (38, मूल निवासी हिज्बडांगा, बगदाहा, सबै बांग्लादेश) को रूपमा गरिएको छ। पक्रा परेका चारै लेबर क्याम्प नटिङ हिल सोसाइटीको पुण्य धाम आश्रम रोड क्षेत्रमा अवैध रूपमा बसिरहेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande