ईरानमाथि इजराइली हमलाहरूलाई कांग्रेसले बतायो शान्तिको निम्ति गम्भीर खतरा
रमेश


नयाँ दिल्ली, 15 जून (हि.स.)। कांग्रेस पार्टीले भारतको आधिकारिक स्थितिदेखि छुट्टै इजराइलको तर्फबाट ईरानको भूमिमाथि गरिएको हालको हमलाहरू र लक्षित हत्याहरूको तीव्र निन्दा गरेको छ। पार्टीका संचार महासचिव जय राम रमेशले भने, यो हमला क्षेत्रीय अस्थिरतालाई बढ़ाउने र वैश्विक शान्तिको निम्ति गम्भीर खतरा हो।

उनले एक्समा जारी बयानमा भनेका छन्, यो ईरानको सम्प्रुताको उल्लङ्घन हो र यस्तो सैन्य कारबाहीले अगाड़ीको संघर्षको जमीन तयार गर्दछ। कांग्रेसको भनाई छ, कूटनीति, संवाद र अन्तरराष्ट्रिय सहयोग नै एकमात्र दिगो मार्ग हो। हिंसाले कुनै समाधान सम्भव छैन।

जयराम रमेशले सतर्क गराए, यदि यो टकराउ जारी रह्यो भने पहिलेदेखिकै संवेदनशील पश्चिम एशिया क्षेत्र व्यापक युद्धतिर बढ्नसक्छ, जसबाट मानवीय र आर्थिक सर्वनाश तय छ। उनले भारत सरकारसित यस मुद्दामा स्पष्ट रबैया अपनाउने औं सबै कूटनीतिक साधनहरूको उपयोग गर्दै तनाउ कम गर्ने दिशामा ठोस पहल गर्ने अपील गरेका छन्।

कांग्रेसले यो पनि भन्यो कि भारतको ईरानसित सभ्यतागत सम्बन्ध रहिआएको छ र हालको दशकमा इजराइलसित रणनीतिक सम्बन्ध पनि मजबुत भएको छ। यस अनौठो स्थितिमा भारतको भूमिका एक शान्ति-पुलको रूपमा हुनुपर्छ। पश्चिम एशियामा लाखौं भारतीय नागरिकहरू बस्छन् र काम गर्छन्। यसैले त्यहाँ शान्ति केवल भू-राजनीतिक मुद्दा नभएर भारतको निम्ति एक राष्ट्रिय हित पनि हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande