मणिपुरमा भारी मात्रामा मादक पदार्थ र हतियार जफत, पाँच पक्राउ
पुर


इम्फाल, 15 जून (हि.स.)। मणिपुरमा पुलिस र केन्द्रिय बलहरूको संयुक्त कारबाहीमा मादक पदार्थहरू र अवैध हतियारहरूको नेटवर्कलाई गतिलाे झटका लागेको छ।

अभियानमा तेंगनौपाल ज़िल्लाको सीता मोटर व्हीकल चेक पोस्टमा एक मारूति सुजुकी फ्रन्क्स कारलाई रोकियो। तलाशीमा कारबाट लगभग 4.152 किलोग्राम संदिग्ध अफीम जफत गरियो। कारमा सवार चार जना मोहम्मद आज़ाद ख़ान, मोहम्मद मक्सूद, अलीना बीबी (तीनै लिलोंग, थौबल ज़िल्ला) र हैट्सी ज़ो (चेलप गाउँ, तेंगनौपाल) लाई घटनास्थलबाट पक्राउ गरियो। उनीहरूदेखि छह मोबाइल फोन र दुई आधार कार्ड पनि जफत गरियो।

अन्य अभियानमा लिलोंग निवासी मककमयुम बोबाय उर्फ सादमलाई उसको घरबाट पक्राउ गरियो। उदेखि 41 ग्राम संदिग्ध ब्राउन शुगर (हेरोइन) भेटियो। सोही अवधि खोंगजम थाना क्षेत्र अन्तर्गत तेंथा समुचिंग क्षेत्रबाट सुरक्षा बलहरूले एक .303 रायफल, 7.62 मिमी एसएलआर, 48 जिउँदो कारतूस, टियर स्मोक शेल र दंगा नियन्त्रण कारतूस जफत गऱ्यो।

उल्लेख्य, 14 जून मध्य रात एक अन्य खास गोप्य सूचनाको आधारमा पाँच घाटी जिल्लाको बाहिरी क्षेत्रहरूमा एकसाथ सर्च अपरेशन चलाइयो। यसमा प्रचुर मात्रामा हतियार र युद्ध सामग्री जफत गरिएको थियो। जसमा 328 हतियारहरूमा एसएलआर, इन्सास, एके सीरीज़, एलएमजी, एमपी5 र एक मोर्टार तथा 591 म्याग्ज़ीन, 8,600 भन्दा अधिक विभिन्न गोलीहरू, ग्रेनेड, डेटोनेटर, टियर ग्यास शेल र अन्य युद्ध सामग्री सामेल छ।

प्रशासनले आम नागरिकहरूसित कुनैपनि संदिग्ध गतिविधिको सूचना तुरन्तै छेवैको थाना वा कन्ट्रोल रूमलाई दिने अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande