विमान दुर्घटनामा 92 मृतकको डीएनए नमूनाको भयो मिलान, 47 शव परिजनहरूलाई सुम्पियो
डी


अहमदाबाद, 16 जून (हि.स.)। अहमदाबाद विमान दुर्घटनामा अहिलेसम्म 92 मृतकहरूको डीएनए नमूनाको मिलान भइसकेको छ। सोमवार बिहानसम्म कूल 47 मृतदेह परिजनहरूलाई सुम्पिएको छ। यस बाहेक थप 87 परिजनहरूसित सम्पर्क गरिएको छ।

सिविल अस्पतालको सर्जरी विभागका प्राध्यापक डा. रजनीश पटेलले भने, अहिले सिविल अस्पतालमा 13 परिजन छन्, जसलाई उनीहरूको परिजनहरूको मृत शरीर सम्मानपूर्वक सुम्पिनेछ। यस बाहेक थप 87 परिजनहरूसित सम्पर्क गरिएको छ। 12 यस्ता परिवार छन्, जसले आफ्नो अन्य परिजनहरूको डीएनए म्याचिङको परिणामको प्रतीक्षा गरिरहेका छन् ताकि उनीहरूले एकसाथ सबै मृतकहरूको शव स्वीकार गर्न सकुन्।

उनले भने, 16 जून बिहान 9.30 बजी कूल 47 मृतदेह सुम्पिएको छ, जसमा खेड़ा, अहमदाबाद, बोटाद, महेसाणा, भरूच, अरावली, वडोदरा, जूनागढ़, आणंद, महीसागर, गान्धीनगर र भावनगर जिल्लाहरूका निवासी सामेल छन्।

अहमदाबादमा 12 जूनमा लन्दन गइरहेको एयर इण्डियाको विमान AI171 मेधाणीनगरमा दुर्घटनाग्रस्त भएको थियो। यसपछि राज्य सरकारले डीएनएको माध्यमले शवहरूको पहिचान प्रक्रिया शुरू गऱ्यो। जुन मृतकहरूको डीएनए नमूना म्याच भएको छ, उनीहरूको पार्थिव शरीर परिजनहरूलाई सम्मानपूर्वक सुम्पिँदैछ। हरेक मृतकको परिवारको निम्ति अलग-अलग टीमहरू गठन गरिएको छ। हरेक टीममा एक वरिष्ठ अधिकारी, एक पुलिसकर्मी र एक पेशेवर काउन्सलर सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande