अहमदाबाद, 16 जून (हि.स.)। अहमदाबाद सिविल अस्पतालका एडिशनल सुपरिन्टेन्डेन्ट डा. रजनीश पटेलले अहमदाबाद विमान दुर्घटनामा मृतकहरूका परिजनहरूसित ठगहरूदेखि सावधान रहने अपील गरेका छन्। उनले भने, यस दुःखद क्षणमा केही स्वाःर्थी तत्वले परिवारहरूको मजबूरी वा फायदा उठाएर ठगी गर्ने प्रयास गर्नसक्छन्, जसबाट सबैलाई सतर्क रहनु आवश्यक छ।
डा. पटेलले स्पष्ट रूपमा भने, अहमदाबाद सिविल अस्पताल गुजरात सरकारको एकाई हो र यहाँ रोगीहरूलाई दिइने सबै स्वास्थ्य सेवाहरू तथा अन्य सुविधाहरू पूर्ण रूपमा निःशुल्क छन्। वर्तमानमा चलिरहेको पार्थिव देह सुम्पिने संवेदनशील प्रक्रिया सहित कुनै पनि कार्यको निम्ति अस्पताल प्रशासनद्वारा कुनै प्रकारको पनि शुल्क वा फीस लिँदैन।
उनले परिवारहरूलाई चेताउनी दिँदै अघि भने, यदि कुनै पनि व्यक्तिले तपाईलाई फोन गरेर अस्पतालको नाममा पार्थिव देह सुम्पिने प्रक्रिया तीव्र गराउने, कुनै सुविधा दिलाउने वा अन्य कुनै कारणले पैसाको माग गर्छ भने त्यस कललाई पूर्ण रूपमा फर्जी र धोकाधड़ी सम्झिनुहोस्। हामी सबै परिवारहरूसित यस्ता ठगहरूदेखि सतर्क रहने नम्र अपील गर्दछौं।
सिविल अस्पतालका अधिकृत कर्मचारीले नै तल दिइएका अधिकृत मोबाइल नम्बरहरूबाटै मृतकहरूका परिजनहरूसित सम्पर्क गरी पूरा प्रक्रियामा निःशुल्क सहायता प्रदान गर्नेछन्।
अधिकृत मोबाइल नम्बरः
9429915911
9429916096
9429916118
9429916378
9429916608
9429916622
9429916682
9429916758
9429916771
9429916875
डा. पटेलले सबै परिवारहरूसित केवल माथि बताइएका अधिकृत नम्बरहरूबाट आउने कललाई नै महत्व दिने र कुनैपनि अज्ञात व्यक्तिको साथ कुनै वित्तीय लेन-देन नगर्ने निवेदन गरेका छन्। अस्पताल प्रशासन पीड़ित परिवारहरूलाई हरेक कदममा पूर्ण निःशुल्क सहायता प्रधान गर्न प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / भवानी थामी