अमरोहामा अवैध पटेका फ्याक्ट्रीमा विस्फोट, चार महिलाको मृत्यु
अम


अमरोहा, 16 जून (हि.स.)। उत्तर प्रदेशको अमरोहा जिल्लामा एक गाउँको जंगलमा संचालित अवैध पटेका फ्याक्ट्रीमा विस्फोट हुँदा बिल्डिङ ढल्यो। बिल्डिङको अवशेषमा दबेर चार महिलाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। सूचना पाएर अग्निशमन विभागका अधिकारी र पुलिस घटनास्थलमा पुगे र राहत र बचाउ कार्य शुरू गरे। घटनाको जानकारी पाइएपछि जिल्लाधिकारी निधि गुप्त र पुलिस अधीक्षक अमित आनन्द पनि घटनास्थलमा पुगेका छन्।

रजबपुर थाना क्षेत्र, अतरासी गाउँको जंगलमा अवैध तरीकाले एउटा पटेका फ्याक्ट्री संचालित भइऱहेको थियो। संधै झैं यहाँ मानिसहरूले काम गरिरहेका थिए, सोही अवधि फ्याक्ट्रीमा विस्फोट भयो। धमाका यति तीव्र थियो कि बिल्डिङको टीनशेड र पर्खाल ढल्यो। बिल्डिङको अवशेषमा धेरै जना दबिए। यस घटनाले पूरा क्षेत्रमा कोकोहोलो मच्चियो। गाउँलेहरूको सूचनामा फायर बिग्रेड, प्रशासनिक अधिकारी र पुलिस घटनास्थलमा पुग्यो र अवशेषमा दबेका मानिसहरूलाई निकाल्नु शुरू गऱ्यो।

पुलिस अधीक्षक अमित आनन्दले भने, दुर्घटनामा चार महिलाको मृत्यु भएको छ जबकि धेरै जना घाइते भएका छन्। टीमहरू राहत बचाउ कार्यमा जुटेको छ। पुलिसले शवहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande