पटना, 16 जून (हि.स.)। बिहारको सारण जिल्लाको नयागाउँ थाना अन्तर्गत बाजितपुर गाउँ नजिक पिकअप गाड़ी पल्टिँदा एक महिला समेत पाँच जनाको मृत्यु भयो। साथै लगभग एक दर्जनभन्दा अधिक मानिस घाइते भए।
पुलिस मुताबिक, घाइतेहरूलाई सदर अस्पताल हाजीपुर पुऱ्याइयो। सदर अस्पतालमा प्राथमिक उपचारपछि उत्तम उपचारको निम्ति दुई व्यक्तिलाई पीएमसीएच रेफर गरियो। पिकअप दिघवारादेखि मकै लोड गरेर हाजीपुरतिर गइरहेको थियो। सोही अवधि बाजितपुर नजिक पिकअपको एउटा चक्कामा ब्लास्ट भयो, जसपछि पिकअप पल्टियो। दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। जबकि अन्य घाइते भए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले स्थानीय मानिसहरूको मद्दतले घाइतेहरूलाई अनुमण्डल अस्पताल सोनपुर र हाजीपुर सदर अस्पताल पठायो।
हिन्दुस्थान समाचार / भवानी थामी