प्रधानमन्त्री मोदीलाई साइप्रसको सर्वोच्च नागरिक सम्मान
मोदी


नयाँ दिल्ली, 16 जून (हि.स.)। साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडुलाइड्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज देशको सर्वोच्च नागरिक सम्मान ‘ग्राण्ड क्रस अफ द अर्डर अफ मकारियोस III’ प्रदान गरे। यो सम्मान उनलाई दुवै देशबीच दीर्घकालिक मैत्री र सहयोगको प्रतीकको रूपमा दिइयो।

विदेश मन्त्रालयका प्रवक्ताले एक्समा फोटो साझा गर्दै यसलाई भारत-साइप्रस मैत्री र साझा वैश्विक दृष्टिको सम्मान बताए। यो सम्मान दुवै देशबीच स्थायी र विश्वसनीय सम्बन्धहरूको प्रमाण हो। सम्मान स्वीकार गर्दै प्रधानमन्त्री मोदीले यसलाई 140 करोड़ भारतयीहरूलाई समर्पित गरे। उनले साइप्रसका राष्ट्रपति, सरकार र जनताप्रति आभार व्यक्त गरे।

उनले भने, यस सम्मान भारतको प्राचीन सोच ‘वसुधैव कुटुंबकम्’ लाई प्राप्त वैश्विक मान्यता हो, जसले शान्ति र समृद्धिको दिशामा हाम्रो प्रयासहरूलाई प्रेरित गर्दछ। प्रधानमन्त्रीले यसलाई भारत-साइप्रस सम्बन्धहरूलाई अझ् बलियो र बहुआयामी बनाउने प्रतिबद्धताको प्रतीक बताए। यो पुरस्कार दुवै देशको शान्ति, सम्प्रभुता र विकासप्रति साझा निष्ठालाई दर्शाउँछ, उनले भने।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande