अहमदाबाद, 16 जून (हि.स.)। एयर इण्डिया विमान दुर्घटनामा मारिएका गुजरातका पूर्व मुख्यमन्त्री विजयभाई रूपाणीको तिरंगामा लपेटिएको पार्थिव शरीर डीएनए मिलानपछि सोमवार परिवारलाई सुम्पियो। मुख्यमन्त्री भूपेन्द्र पटेलको उपस्थितिमा राज्य सरकारको प्रोटोकल अनुसार 'गार्ड अफ अनर' दिइयो। उनको अन्तिम यात्रा राजकोटमा निकालिनेछ र यसपछि अन्तिम संस्कार गरिनेछ।
दिवंगत विजय रूपाणीकी पत्नी अंजलि रूपाणी आफ्ना छोरा ऋषभ रूपाणीको साथ अहमदाबाद सिविल अस्पतालको शवगृह पुगिन्। सिविल अस्पतालमा श्रद्धाञ्जलि अर्पित गरेपश्च्यात् उनको पार्थिव शरीरलाई उनकी धर्मपत्नी, छोरा र परिवारजनहरूलाई सम्पूर्ण सम्मानको साथ सुम्पियो। सम्पूर्ण प्रक्रिया राज्यको प्रोटोकल एवं श्रद्धाको साथ पूरा गरियो। राज्य सरकारले उनको दूरदर्शी नेतृत्व, सार्वजनिक जीवनमा नैतिकता र करुणा, तथा लोकहितका कार्यहरूलाई स्मरण गर्दै उनलाई श्रद्धासुमन अर्पित गऱ्यो।
गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको पार्थिव शरीर अहमदाबाद सिविल अस्पतालमा राखिएको छ। गुजरातका मन्त्री रूशिकेश पटेल र हर्ष सांघवीले पूर्व मुख्यमन्त्री विजय रूपाणीलाई अन्तिम श्रद्धाञ्जलि अर्पित गरे। पूर्व मुख्यमन्त्री विजय रूपाणीकी पत्नी अंजलि रूपाणीले आफ्ना पतिलाई भावुक बिदाई दिइन्। गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले एयर इण्डिया विमान दुर्घटनामा मारिएका पूर्व मुख्यमन्त्री विजय रूपाणीलाई अन्तिम श्रद्धाञ्जलि अर्पित गरे। उनको अन्तिम यात्रा राजकोटमा निकालिनेछ र साझँ 5 बजी राजकीय सम्मानको साथ उनको अन्तिम संस्कार गरिनेछ।
भाजपा नेता विजय रूपाणीका छोरा ऋषभ रूपाणीले भने, यस दुःखको क्षणमा सबै मृतकहरूलाई हाम्रो रूपाणी परिवारको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दछु। यो न केवल हाम्रो परिवार तर 270 परिवारको निम्ति दुःखद समय हो। म भगवानसित प्रार्थना गर्छु कि सबै आत्माहरूलाई मोक्ष दिउन्। म सबै आरोग्य स्टाफ, सिविल डिफेन्स, पुलिस बल, RSS कार्यकर्ताहरूको हृदयबाट धन्यवाद गर्दछु। यस समयमा जुन राहत बचाउ कार्य भयो त्यो सराहनीय हो। म प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह सहित सबैको मनबाटै उनीहरूको समर्थनको निम्ति धन्यवाद गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी