कोलकाता, 16 जून (हि.स.)। जम्मू-कश्मीरको पहलगाममा 22 अप्रेलमा भएको आतङ्की हमलाको 55 दिनपछि सोमवार तृणमूल कांग्रेस (टीएमसी) सांसद एवं पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले केन्द्र सरकारमाथि हमला गर्दै पाँच प्रश्न सोधेका छन्। सोशल मीडिया प्लेटफार्म एक्समा पोस्टको माध्यमले उनले सोधे, यो घटना भएको 55 दिनपछि पनि न त सरकारले स्पष्ट जवाफ दियो न त मुख्यधारा मीडिया वा विपक्षले यसमाथि प्रश्न सोध्यो।
अभिषेकले आतङ्कीहरू भारतीय सीमामा पस्नलाई लिएर सोधे कि चार आतङ्की सीमामा घुसपैठ गर्न र हमला गर्नमा कसरी सफल भए, जसमा 26 निर्दोष नागरिक मारिए ? उनले यसलाई राष्ट्रिय सुरक्षामा ठूलो चूक बताउँदै सोधे, यस विफलताको निम्ति जिम्मेवार को ? टीएमसी नेताले आफ्नो दोस्रो प्रश्नको रूपमा सोधे, यदि हमला इन्टेलिजेन्स फेलियर थियो भने इन्टेलिजेन्स ब्यूरोका चीफलाई एक वर्षको विस्तार किन दिइयो ? जब सरकारले विपक्षी नेताहरू तथा पत्रकारहरू विरूद्ध पेगासस जस्ता निगरानी उपकरणको उपयोग गर्नसक्छ भने आतङ्कीहरूमाथि किन होइन ?
उनले सोधे, यस नरसंहारको निम्ति जिम्मेवार चार आतङ्की कहाँ छन् ? के उनीहरू मरिसकेका छन् या जीवित छन् ? यदि उनीहरूलाई मारिएको छ भने सरकारले स्पष्ट बयान किन दिन सकेन ? पीओकेलाई लिएर ब्यानर्जीले सोधे, भारतले कहिले पीओकेलाई फिर्ता लिनेछ ? उनले संघर्ष विरामलाई लिएर अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीसित सम्बन्धित प्रश्न गरे कि अमेरिकी राष्ट्रपतिको सीजफायरको दाबीमा सरकारले जवाफमा के कुनै आधिकारिक प्रतिक्रिया दियो ?
यस बाहेक उनले आफ्नो पाँचौं प्रश्नमा पाकिस्तानलाई प्राप्त हुने आर्थिक मद्दतको उल्लेख गरे। उनले भने, यदि भारत वास्तवमा विश्व गुरू र विश्वको चौथो सबैभन्दा ठूलो अर्थव्यवस्था हो भने आईएमएफले एक अरब डलर र वर्ल्ड ब्याङ्कले पाकिस्तानलाई 40 अरब डलरको निवेश किन दियो ?
अभिषेक ब्यानर्जीले लेखे, गत 10 वर्षमा विदेश मामिलाहरूमा दुई लाख करोड़ रूपियाँ खर्च गरिएको छ। उनले केन्द्र सरकारसित पारदर्शिता, जवाबदेही र टोस परिणामको माग गरे।
हिन्दुस्थान समाचार / भवानी थामी