मुम्बई, 16 जून (हि.स.)। पुणेको मावल तहसील क्षेत्रमा इन्द्रायणी नदीमा बनेको पुल ढल्ने घटनामा अहिलेसम्म चार जनाको ज्यान गएको छ। यस घटनामा राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) को तर्फबाट जारी बचाउ अभियानमा अहिलेसम्म 51 जनालाई नदीबाट बाहिर निकालिएको छ। यसमा आठ जनाको अवस्था गम्भीर छ। मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनामा मृतकहरूका आश्रितहरूलाई 5-5 लाख रूपियाँ आर्थिक मद्दत र घाइतेहरूको सरकारी खर्चमा उपचार गरिने घोषणा गरेका छन्। अहिले सोमवार बिहानदेखि बचाउ अभियान जारी छ।
इन्द्रायणी नदीमा बनेको पुल आइतवार दिउँसो अचानक ढल्दा धेरै पर्यटक बगेका थिए। जानकारी नुसार, पुल ढलेको समय यहाँ लगभग 100 पर्यटक उपस्थित थिए। यस घटनाको सूचना पाउनसाथ एनडीआरएफका दुई टीम तत्काल घटनास्थलमा पुगे औं बचाउ अभियान शुरू गरे। आइतवार अबेर रातिसम्म बचाउ अभियानमा 51 जनालाई नदीबाट बाहिर निकालियो। यसमध्ये चारको मृत्यु भएको छ। मृतकहरूको पहिचान चन्द्रकान्त साठले, रोहित माने, विहान माने र एक अन्यको रूपमा गरिएको छ जबकि आठ जनाको अवस्था गम्भीर बनेको छ। उनीहरूको अहिले उपचार भइरहेको छ। बाकी मामूली रूपमा घाइते छन्।
पुलबाट कित झरेका र कति जना बेपत्ता छन्, यसको अहिलेसम्म कुनै जानकारी छैन। यद्यपि, प्रत्यक्षदर्शीहरू अनुसार, थप दुई-तीन जना बेपत्ता हुने सम्भावना छ। यसैले यस दुर्घटनामा मर्नेहरूको संख्या बढ्ने सम्भावना छ।
एनडीआरएफको टीमले सोमवार बिहान बचाउ अभियान फेरि शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी