श्रीहरिकोटा, 16 जून (हि.स.)। आन्ध्र प्रदेशको तिरूपति जिल्लाको श्रीहरिकोटामा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को सतीश धवन अन्तरिक्ष केन्द्रलाई बमले उड़ाउने धम्की दिइएको छ। तमिलनाडू कमान्ड कन्ट्रोल सेन्टरलाई आइतवार मध्यरातमा केन्द्रमा आतङ्कीहरूको उपस्थितिबारे फोन कल प्राप्त भयो।
यसपछि श्रीहरिकोटामा सुरक्षाकर्मीहरूलाई अलर्ट गरिएको छ। फोन कलमा बताइयो, आतङ्कीहरूले समुद्र तटतिरबाट केन्द्रमा घुसपैठ गरी त्यसलाई बमले उड़ाउने धम्की दिएका छन्। यसपछि आज बिहान केन्द्रका वरपर तलाशी अभियान शुरू गरिएको छ। यसमा सीआईएसएफको टीमहरू र पुलिस बल सामेल छ। तटरक्षक बलहरूले पनि समुद्री मार्गहरूमा खोजी अभियान शुरू गरेको छ।
नायडूपेटा डीएसपी चेंचू बाबूको नेतृत्वमा पुलिसले यसमा हिस्सा लियो। खोजी अभियानपछि सुरक्षाबलहरूले निष्कर्ष निकाल्यो कि यो धम्कीपूर्ण फोन कल बदमाशहरूको काम हो। तरैपनि सतीश धवन अन्तरिक्ष केन्द्रको सुरक्षा बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी