प्रधानमन्त्रीले 11औं अन्तरराष्ट्रिय योग दिवसमा विशाखापट्टनममा योगा गर्ने
मोदी


विशाखापट्टनम, 18 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 21 जूनमा 11औं अन्तरराष्ट्रिय योग दिवसमा विशाखापट्टनममा योगाभ्यास गर्नेछन्। यस सालको योग दिवसको थीम 'एक पृथ्वी एक स्वास्थ्य' राखिएको छ। यस आयोजनलाई ऐतिहासिक बनाउनका लागि राज्य सरकारले खास व्यवस्था गरिरहेको छ। राज्य सरकार योग आन्ध्र-2025 को निम्ति विशाखापट्टनमको रामकृष्ण बीच रोड स्थित समुद्र तटमा एकसाथ 5 लाख मानिसहरूको साथ योगा गरी रेकर्ड बनाउने तयारीमा जुटेको छ। यसको व्यवस्था मुख्यमन्त्री चन्द्रबाबू नायडू र उनको छोरा लोकेश स्वयंले हेरिरहेका छन्।

विशाखापट्टनमको समुद्र तटमा हुने 11औं अन्तरराष्ट्रियो योग दिवसको कार्यक्रमलाई राज्य सरकार एतिहासिक बनाउनमा जुटेको छ। यसको निम्ति मैदान समुद्र तटमा 5 लाख मानिसको साथ योग आसन गरी विश्व रेकर्ड बनाउने तयारी छ। यसको निम्ति आरके बीच स्थित कालीमाता मन्दिरदेखि लिएर विजयनगरम जिल्लाको भोगापुरमसम्म समुद्रा तटको किनार योगासन गर्ने व्यवस्था गरिँदैछ। बीच रोडमा 326 कम्पाटर्मेन्ट तयार गरिँदैछ। हरेक कम्पार्टमेन्टमा 40 फीटमा एउटा सानो मंच बनाइँदैछ। मुख्य मंच नजिक सड़कमा हरियो रंगको कार्पेट बिछाइँदैछ। कार्यक्रमहरू हेर्न मुख्य मंचमा एलईडी स्क्रीन लगाइँदैछ। नगर पुलिस आय़ुक्त अनुसार यस महिनाको 19 तारिकदेखि बीच रोडमा वाहनहरूको आवागमन बन्द गरिनेछ।

पानी पर्ने स्थितिमा वैकल्पिक व्यवस्था

मुख्यमन्त्रीको आदेशमा आन्ध्र विश्वविद्यालय इन्जीनियरिङ ग्राउण्डमा पनि वैकल्पिक व्यवस्था गरिएको छ। यदि 21 तारिक पानी पऱ्यो भने यस ग्राउण्डमा योगासन गरिनेछ। यदि पानी परेन भने दुवै मंचमा योगासन गरिनेछ। सरकारले आन्ध्र विश्वविद्यालयमा बीस हजार आदिवासी छात्रहरूको निम्ति सूर्य नमस्कार गर्ने व्यवस्था गरिरहेको छ। पूर्वी नौसेना विशाखापट्टनम तटमा खड़ा 11 युद्धपोतहरूमा योग दिवस मनाइनेछ।

आयोजनमा 62 करोड़ रूपियाँ खर्च हुने

यस साल यो दिवसको आयोजनमाथि 62 करोड़ रूपियाँ खर्च हुने अनुमान छ। सरकारले यसको निम्ति 20 करोड़ रूपियाँ जारी गरेको छ। योगको निम्ति आउने पाँच लाख फूड प्याकेट तयार गरिँदैछ। योग समारोहमा भाग लिने हरेक व्यक्तिलाई एउटा चटाई, टी-शर्ट र फूड प्याकेट दिइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande