पाड़ेरू, रामपचोदवरम, 18 जून (हि.स.)। अल्लूरी सीतारामाराजू जिल्लामा मंगलवार अबेर राति दीवपटनम मण्डलको कोन्डामोडालू वन क्षेत्रमा सुरक्षाबलहरू र माओवादीहरूबीच भिड़न्तमा तीन प्रमुख माओवादी नेता मारिएका छन्।
सुरक्षाबलहरूले घटनास्थलबाट तीन एके-47 राइफल जफत गरेको छ। यसमा हालमा मारिएको माओवादी शीर्ष नेता चलपति रावकी पत्नी एवं स्पेशल जोन कमिटीकी सदस्य अरूणाका साथै सेन्ट्रल कमिटीका सदस्य गजरला रवि उर्फ उदय र एओबी स्पेशल जोन कमिटीको एसीएम अंजू पनि सामेल छन्।
माओवादी शीर्ष नेता दिवंगत चलपति रावकी पत्नी एवं स्पेशल जोन कमिटीकी सदस्य अरूणा 2018 मा डुम्ब्रीगुडा नजिक विधायक किदारी सर्वेश्वर राव र पूर्व विधायक सिवेरी सोमाको हत्याको मामिलामा आरोपी थिइन्। अरूणा विशाखापत्तनम जिल्लाको पेन्डुर्थी मण्डलमा करकावनीपालेमको मूल निवासी थिइन्। यस बाहेक माओवादी रवि उर्फ उदयमाथि 25 लाख र अरूणामाथि पनि 20 लाख रूपियाँको पुरस्कार थियो।
जानकारी अनुसार, भिड़न्तमा मारिएका माओवादीहरूको शवहरूलाई रामपचोदवरम एरियामा आज साझँसम्म पुऱ्याइने अनुमान छ। यस भिड़न्तमा तीन प्रमुख माओवादीहरू मारिएपछि मारेडुमिली र देवीपटनम क्षेत्रमा पुलिस अलर्ट भएको छ। धेरै ठाउँ पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी