इटानगर, 18 जून (हि.स.)। अरूणाचल प्रदेशमा बुधवार दिउँसो भूकम्पको झटका महसूस गरिएको छ। भूकम्पको तीव्रता रिक्टर स्केलमा 3.5 मापिएको छ। भूकम्पको कारण अहिले कतैबाट कुनै प्रकारको पनि नोकसानको खबर आएको छैन।
अरूणाचल प्रदेशमा आज 11.51 बजी भूकम्पको झटका महसूस गरियो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रबाट प्राप्त जानकारी अनुसार, भूकम्पको केन्द्र अरूणाचल प्रदेशको वेस्ट कामेङ जिल्लामा लगभग 10 किलोमीटरको गहराईमा थियो। भूकम्पको एपी सेन्टर 27.09 उत्तरी अक्षांश तथा 92.06 पूर्वी देशान्त्तरमा स्थित थियो।
भूकम्पको झटका महसूस हुनसाथ मानिसरू आ-आफ्नो घरहरूबाट बाहिर निस्के। भूकम्पको कारण अहिले कतैबाट कुनै प्रकारको पनि ज्यानमाल नोकसानको खबर आएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी