तेहरान, 18 जून (हि.स.)। इजराइलको तर्फबाट गरिएको हालको 'लक्षित हत्याहरू' (टारगेटेड असैसिनेशन) पछि ईरानी सरकारले नागरिकहरूलाई व्हाट्सअप, टेलीग्राम र अन्य लोकेशन-आधारित ऐप्स को उपयोग गर्नदेखि बच्ने कड़ा चेताउनी जारी गरेको छ। यो जानकारी ईरानको सरकारी समाचार एजेन्सी आईआरआईबीले एक सुरक्षा रिपोर्टको उल्लेख गरी दिइयो।
रिपोर्ट अनुसार, वैज्ञानिकहरू सहित हालको हत्याहरूपछि इजराइली गोप्य एजेन्सीहरूले मोबाइल एप्सको माध्यमले मानिसहरूको लोकेशन ट्र्याक गरी उनीहरूलाई लक्षित गरिरहेको कुरा अघि आएको छ। रिपोर्टमा भनिएको छ, वर्तमान स्थितिमा यी एप्सको उपयोग “खतरनाक” हुनसक्छ।
ईरानी सुरक्षा एजेन्सीहरूले मानिसहरूलाई सुझाउ दिएका छन् कि उनीहरूले ठाउँ बदली गर्नअगाड़ी आफ्नो मोबाइल पोन स्विच अफ गरून् र संवेदनशील स्थानहरूमा आफूसित मोबाइल लगेर नजाउन्।
यसका साथै रिपोर्टमा संवेदनशील संगठनहरूका कर्मचारीहरूलाई विशेष रूपमा “सुरक्षित दूरसंचार माध्यम” को उपयोग गर्ने औं “असुरक्षित सफ्टवेयर” देखि बच्ने सुझाउ दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी