जम्मू, 18 जून (हि.स.)। सुरक्षाबलहरूले बुधवार जम्मू-कश्मीरको किश्तवाड़ जिल्लाको एक सुदूर जंगली क्षेत्रमा आतङ्कीहरूको उपस्थितिबारे सूचना पाइएपछि खोजी अभियान शुरू गरेको छ। पुलिस र सेनाको संयुक्त खोजी अभियान बिहान छात्रूको सिंहपोरा वन क्षेत्रमा शुरू भयो र अन्तिम रिपोर्ट पाइञ्जेलसम्म जारी थियो।
अधिकारीहरूले बताए, सुरक्षाबलहरूलाई केही आतङ्कीहरूको उपस्थितबारे सूचना प्राप्त भएको थियो र उसले तुरन्तै क्षेत्रको घेराबन्दी गऱ्यो ताकि भाग्ने सबै बाटो बन्द होस्। यद्यपि, अहिलेसम्म संदिग्ध आतङ्कीहरूसित कुनै सम्पर्क हुन सकेको छैन। यस अगाड़ी यस साल अप्रेल र मईमा छात्रू बेल्टमा दुई अलग-अलग भिड़न्तमा तीन आतङ्की मारिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी