मोदीले ट्रम्पलाई भने- पाकिस्तानमाथि कारबाही रोक्नु भारतको निर्णय, अमेरिकाको भूमिका छैन, मध्यस्थता स्वीकार छैन
मोदी


नयाँ दिल्ली, 18 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलीफोनमा 35 मिनटसम्म कुराकानी भयो। प्रधानमन्त्रीले स्पष्ट गरे कि अपरेशन सिन्दूरमा अमेरिकाको कुनै भूमिका थिएन र भारतले पाकिस्तानको साथ आफ्नो द्विपक्षीय मामिलाहरूमा कुनै तेस्रो पक्षको अध्यस्थता स्वीकार गर्नेछैन।

विदेश सचिव विक्रम मिस्त्रीले आज यो जानकारी दिए। उनले बताए, जी-7 शिखर सम्मेलनको बैठकदेखि छुट्टै मोदी र ट्रम्पको भेट प्रस्तावित थियो तर ट्रम्पलाई अचानक अमेरिका फर्किनुपऱ्यो। यसपछि राष्ट्रपति ट्रम्पको आग्रहमा यो फोन वार्ता भयो। यो कुराकानी 22 अप्रेलमा पहलगाममा भएको आतङ्की हमलापछि पहिलो पल्ट भएको हो, जसमा ट्रम्पले पहिले फोनमा समवेदना व्यक्त गरे।

प्रधानमन्त्रीले ट्रम्पलाई बताए, भारतले 6-7 मईको रात केवल आतङ्की ठेगानाहरूमाथि सीमित, सठीक र सन्तुलित कारबाही गऱ्यो। भारतको सैन्य प्रतिक्रिया गैर-उत्तेजक थियो र यसको उद्देश्य केवल आतङ्कवादमाथि कठोर प्रहार गर्नुथियो। प्रधानमन्त्रीले यो पनि बताए कि 09 मई उपराष्ट्रपति वेन्सले सम्भावित पाकिस्तानी हमलाको चेताउनी दिएका थिए, जसको भारतले प्रभावी र निर्णायक जवाफ दियो।

प्रधानमन्त्रीले स्पष्ट गरे कि यस पूरा घटनाक्रममा अमेरिकासित कुनै प्रकारको पनि मध्यस्थता वा ट्रेड डीलमाथि कुनै चर्चा भएन। पाकिस्तानले नै सैन्य कारबाही रोक्ने आग्रह गऱ्यो, जुन दुवै देशका सैन्य सम्पर्क च्यानलहरूको माध्यमले भयो। उनले दोहोऱ्याए कि भारतले कहिले पनि मध्यस्थता स्वीकार गर्दैन, न त गर्नेछ र यसमाथि देशमा पूर्ण राजनीतिक एकमत छ।

राष्ट्रपति ट्रम्पले भारतको मन्तव्य बुझे औं आतङ्कवाद विरूद्ध उसको लड़ाईक समर्थन गरे। दुवै नेताले इजराइल-ईरान संघर्ष, रूस-यूक्रेन युद्ध र इण्डो-पेसिफिक क्षेत्रमा रणनीति सहयोगमाथि पनि चर्चा गरे। प्रधानमन्त्री मोदीले क्वाडको आगामी बैठकको निम्ति ट्रम्पलाई भारत आउने निमन्त्रण दिए, जसलाई ट्रम्पले स्वीकार गरे।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्रीलाई कनाडादेखि अमेरिका आउने आमन्त्रण पनि दिएका थिए, यद्यपि, प्रधानमन्त्रीले आफ्नो व्यस्तताहरूको कारण यसमा असमर्थता व्यक्त गरे।

उल्लेख्य, 22 अप्रेलमा पहलगाममा भएको आतङ्की हमलापछि भारतले अपरेशन सिन्दूरको शुरूआत गरेको थियो। भारतले पहिलो पल्ट आतङ्कवादलाई “प्रोक्सी वार” को सट्टा प्रत्यक्ष युद्ध मान्दै कारबाही गरेको छ। अर्कोतिर, राष्ट्रपति ट्रम्पले विभिन्न अन्तरराष्ट्रिय मञ्चहरूबाट लगातार भारतको कारबाहीलाई रोक्नमा अमेरिकी भूमिका रहेको भन्दै आइरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande