राष्ट्रपति द्रौपदी मुर्मूको साथ प्रशिक्षु अधिकारीहरूको शिष्टाचार भेट
राष्ट्र


नयाँ दिल्ली, 18 जून (हि.स.)। भारतीय कोरपोरेट ला सेवा, रक्षा एयरोनोटिकल गुणवत्ता आश्वासन सेवा र केन्द्रिय श्रम सेवाका प्रोबेशनर्स (प्रशिक्षु अधिकारी) ले बुधवार राष्ट्रपति द्रौपदी मुर्मूसित राष्ट्रपति भवनमा शिष्टाचार भेट गरे।

यस अवसरमा राष्ट्रपतिले सबै प्रशिक्षु अधिकारीहरूलाई उनीहरूको उपलब्धीहरूमा बधाई दिँदै भनिन्, यो सफलता उनीहरूको कड़ा मेहिनत, संकल्प र लगनको परिणाम हो। जब उनीहरूले लोक सेवाको चुनौतीहरूलाई स्वीकार गर्नेछन् तब उनीहरूले सदैव याद राख्नुपर्छ कि उनीहरूको निर्णय र कार्यले लाखौं नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनसक्छ। राष्ट्रपतिले उनीहरूलाई सुशासन, पारदर्शिता र उत्तरदायित्वका आदर्शहरूको वाहक बन्ने आह्वान गरिन्।

कोरपोरेट ला सेवाका अधिकारीहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिले भनिन्, कोरपोरेट क्षेत्र भारतको आर्थिक प्रगतिको प्रमुख स्तम्भ हो। यस्तो स्थितिमा यी अधिकारीहरूको यो दायित्व हो कि यिनीहरूले कोरपोरेट कानूनहरूको प्रभावी क्रियान्वयन सुनिश्चित गरून्, ताकि एक यस्तो व्यावसायिक वातावरण विकसित होस्, जसले पारदर्शी, उत्तरदायी र नवाचार औं उद्यमितालाई प्रोत्साहन दिओस्।

केन्द्रिय श्रम सेवाका अधिकारीहरूलाई सम्बोधित गर्दै राष्ट्रपति मुर्मूले भनिन्, यिनीहरूको भूमिका न केवल श्रम कानूनहरूको पालन सुनिश्चित गर्नु हो तर उनीहरू श्रमिकहरूको गरिमा र अधिकारहरूको रक्षा गर्ने संवेदनशील मध्यस्थ पनि हुन्छन्। यी अधिकारीहरूले सामाजिक न्यायको पक्षधर बनेर उद्योगहरू र श्रमिकहरूबीच सन्तुलन बनाए उत्पादकता र पारस्परिक सम्मानको भावनालाई प्रोत्साहित गर्नसक्छन्।

रक्षा एयरोनोटिकल गुणवत्ता आश्वासन सेवाका अधिकारीहरूको उल्लेख गर्दै उनले भनिन्, सैन्य विमाननमा गुणवत्ता केवल तकनीकी मानकहरूसम्म सीमित छैन तर यो मिशनको तयारी, परिचालन सुरक्षा र रणनीतिक श्रेष्ठतासित जोड़िएको हुन्छ। यी अधिकारीहरूको जिम्मेवारी हो कि सबै सैन्य विमानन उपकरण चाहे त्यो देशमा निर्मित होस् या आयातित-उच्चतम वैश्विक गुणवत्ता र एयरवर्दीनेस मानकहरूमा सफल रहोस्।

राष्ट्रपतिले सबै प्रशिक्षु अधिकारीहरूबाट अपेक्षा गरिन् कि उनीहरूले आउने वर्षमा देशको सेवामा समर्पण र ईमानदारीको साथ आफ्नो योगदान दिनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande