बुलन्दशहर, 18 जून (हि.स.)। उत्तर प्रदेशको बुलन्दशहर जिल्लामा भीषण दुर्घटना घटेको छ। यहाँ एउटा कार पुलियासित ठोकेर पल्टियो औं फेरि त्यसमा आगो लाग्यो। दुर्घटनामा कार सवार पाँचै जनाको जलेर मृत्यु भयो जबकि एक किशोरीको स्थिति गम्भीर छ, जसलाई अस्पतालमा भर्ती गराइएको छ। कार सवार मानिसहरू बदायूमा बिहे समारोहबाट दिल्ली फर्किरहेका थिए।
एसपी देहात डा. तेजवीर सिंहले भने, एक बिहे समारोहदेखि कार सवार मानिसहरू बदायू जिल्लाको सहसवानदेखि दिल्लीको मालवीय नगर फर्किरहेका थिए। सोही समय थाना जहांगीराबाद कोतवाली क्षेत्र अन्तर्गत ग्राम जानीपुर चन्दौस नजिक कार अचानक पुलियासित ठोकियो। ठक्करपछि कारमा आगो लाग्यो र त्यसमा सवार छह जनामा तनवीर अहमदका छोरा तनवीज अहमद (24), छोरी मोमिना (22), जुबेर अली (25), निदा (20) र जुबेर अलीकी छोरी जैनुल (02) को जलेर मृत्यु भयो। घटनाको सूचना पाउनसाथ स्थानीय पुलिस र दमकल विभागको टीम घटनास्थलमा पुग्यो। गम्भीर रूपमा घाइते किशोरी गुलनाज (17) लाई अस्पतालमा भर्ती गराइएको छ।
एसपीले भने, पुलिसले पाँच शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। दुर्घटनाको कारण अहिले स्पष्ट छैन तर कारको रफ्तार तीव्र भएको कारण चालकले नियन्त्रण गुमाउँदा डिवाइडरसित ठोकिएपछि यो घटना घटेको बताइँदैछ। पुलिस घटनाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी