राष्ट्रपति ट्रम्प ईरानमाथि हमलालाई तयार, अन्तिम निर्णय बाकी, अमेरिकी मीडियाको दाबी
ट्रम्प


वाशिङ्गटन, 19 जून (हि.स.)। राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार राति ईरानमाथि हमलाको योजनालाई स्वीकृति दिएका छन्। उनले हमला गरिनु हो वा होइन, यसमा अन्तिम निर्णय लिएनन्। औपचारिक रूपमा उनले यो पनि तय गर्न सकेनन् कि इजराइलको हवाई अभियानमा सामेल हुनु हो कि होइन।

अमेरिकाको 'सीबीएस न्यूज' च्यानलले आफ्नो 18 जूनमा प्रसारित रिपोर्टमा यो दाबी एक वरिष्ठ गोप्य सूत्र र रक्षा विभागको अधिकारीको उल्लेख गर्दै गरेको हो।

सीबीएस न्यूजको रिपोर्ट अनुसार, सूत्रहरूले बतायो, यदि तेहरान आफ्नो परमाणु कार्यक्रमलाई छोड्न सहमत भए अमेरिकाले हमला गर्नेछैन।

यो कुरा ट्रम्पले हमलाको योजनालाई स्वीकृति दिँदै भने। च्यानल अनुसार, यो खबर सर्वप्रथम द वल स्ट्रीट जर्नलले दियो। व्हाइट हाउसले यसमा टिप्पणीको अनुरोधको तुरन्तै जवाफ दिएन।

सीबीएस न्यूज अनुसार, ट्रम्पले ईरानको फोर्डो भूमिगत यूरेनियम संवर्धन सुविधामाथि अमेरिकी हमलामाथि विचार गरिरहेका थिए। गत हप्ताको अन्तमा ईरानी परमाणु र सैन्य ठेगानाहरूमाथि बमबारी शुरू गरेदेखि इजराइलले अहिलेसम्म फोर्डोमाथि हमला गरेको छैन।

ट्रम्पले बुधवार संवाददाताहरूलाई भने, उनले ईरानमाथि हमला गर्नबारे अहिलेसम्म कुनै अन्तिम निर्णय लिएका छैनन्। उनले भने, म अन्तिम निर्णय समयभन्दा एक सेकेन्ड अगाड़ी लिनु रूचाउछु किनभने चीजहरू बदलीरहन्छ, खासगरी युद्धको साथ। उनले बुधवार भने, म यो गर्नसक्छु। म यो गर्नपनि सक्दिन। मेरो अर्थ हो, कसैलाई थाहा छैन, म के गर्न गइऱहेको छु। म चाहन्छु, ईरानले आफ्नो परमाणु कार्यक्रमलाई समाप्त गर्नका लागि समझौतामाथि छलफल गरोस्।

ईरानले बुधवार भन्यो, ईरानले दबाउमा छलफल गर्दैन। ईरानले कुनैपनि खतराको जवाफ धम्कीले दिनेछ।

एक वरिष्ठ अमेरिकी गोप्य अधिकारी र मामिलाको जानकारी राख्ने पेन्टागन अधिकारी अनुसार, यदि अमेरिका इजराइली अभियानमा सामेल हुन्छ भने ईरानले मध्य पूर्वमा अमेरिकी ठेगानाहरूमाथि हमला गर्न मिसाइल र उपकरण तयार गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande